नेपाल बोसिया संघको १२ औं वार्षिकोत्सब भर्चुअल माध्यमबाट मनाइयो

नेपाल बोसिया संघले आफ्नो १२औं वार्षिकोत्सब तथा तिहार छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम भर्चुअल माध्यमबाट भब्यताका साथ सम्पन्न गरिएको हो।

 कञ्चनपुर,
अपाङ्गता भएका व्यक्तिहरु का लागि नेपाल बोसिया संघको स्थापन दिवस १२ औं वार्षिकोत्सब तथा तिहार छठ पर्वको भर्चुअल माध्यमबाट शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। विश्वव्यापी रुपमा फैलिएको महामारी कोभिड-१९ कोरोना भाइरसले विश्व नै त्रसित बनेको बेलामा नेपाल बोसिया संघले भर्चुअल माध्यमबाट लक्ष्मी पुजाको अवसर पारी विभिन्न कार्यक्रमको आयोजना गरि १२ औं वार्षिकोत्सब तथा शुभकामना आदानप्रदान गरिएको हो।
नेपाल बोसिया संघले अपाङ्गता भएका वर्गहरु लाई एउटा खेलकुद क्षेत्रमा भावनात्मक र शारीरिक रुपमा सपाङ्गता भएका हरुले जस्तै एउटा आफुमा भएको प्रतिभाले बाहिर प्रस्तुत गर्ने क्षमता समेत हुने भएकाले राष्ट्रिय स्तर देखि लिएर अन्तर्राष्ट्रिय स्तर सम्म आफ्नो प्रतिभा लाई प्रस्तुत गरेर नेपालका लागि स्वर्ण पदक समेत दिलाउन सफल भएका छन । यसरी एउटा देशको शिर उच्च राख्ने खेलाडी लाई नेपाल सरकारले संरक्षण गरि उनी लाई उचित व्यवस्थापन समेत गर्नु पर्ने हुन्छ । खेलकुद क्षेत्रमा मात्र नभएर बौद्धिक क्षमता लगायत एउटा आफुमा भएको प्रतिभा लाई समेत बाताबरण अनुकूल प्रस्तुत गर्न सक्छन् ।
कार्यक्रममा बोल्दै नेपाल पारा ओलम्पिक कमिटी सुदूरपश्चिम प्रदेश अध्यक्ष दीर्घ कुमार स्वारले आज पर्न गएको बोसिया संघ नेपालको १२औं स्थापना दिवसको अवसरमा संस्थाको उत्तरोत्तर प्रगतिको शुभकामना सहित शुभ दिपावलीको सबै खेल प्रेमी, खेलाडी लगायत सबैमा हार्दिक शुभकामना ब्यक्त गर्नु भएको थियो।
खेलकुद संग आबद्ध सम्पुर्ण खेलाडी ,प्रशिक्षक लाई तिहार छठको शुभकामना दिदै नेपाल पारा ओलम्पिक कमिटिको नेपालमा वि.स २०५२ कार्तिक २९ गते बिधीगत तरिकाले स्थापन भएको र आगामी दिनमा समावेशिकरणको अभियानमा सबैको साथ सहयोग रहि आउँदा दिनमा खेलाडिलाई स्थान र समावेश गरि उर्जावान नयाँ पुस्ताको बिस्तार गर्ने गरि सबैको साथ सहयोगमा कुनै जातजाति वर्ग नभनी खेलकुदमा समाबेश गरिनु पर्ने साथै राज्यले कुनै निति नियमको निर्माणमा अपाङ्गता भएकाहरु को हक अधिकार समेटिने गरि निर्माण होस् । 
यधपी अन्य बर्गको जस्तै निर्माण गरिने सम्पुर्ण संरचना अपाङ्गता मैत्रीपुर्ण को आधारमा स्थापन गरि उचित आवश्यक खेलकुद सामग्री समेत उपलब्ध गराइनु पर्ने कार्यक्रमका विशिष्ट अतिथी नेपाल पारा ओलम्पिक कमिटिका केन्द्रिय अध्यक्ष दिपक कोइरालाले आग्रह समेत गर्नु भो। साथै नेपाल बोसिया संघले १२ वर्ष पूरा गरि तेह्र वर्षमा प्रवेश गरेको मा उत्तरोत्तर प्रगतिको शुभकामना समेत दिनु भएको थियो।
राज्यले कुनै किसिमको चासो नदेखिएको त्यसैमा सेवा सुविधा समेत दिन नसकेको र आगामी दिनमा यो कुरालाई गहन तरिकाले मध्यनजर गरि राज्यले हेर्नू पर्ने प्रमुख अतिथी इन्द्रीरा निरौला बताइन् । उनले आगामी दिनमा राष्ट्रिय खेलकुद परिषद बाट साथ र सहयोग रहने प्रतिबद्धता समेत गर्नु भएको छ। यो संगै संघको थप प्रगतिको शुभकामना समेत दिनु भयो।
कार्यक्रममा बोल्दै अपाङ्गता भएका व्यक्तिहरु का लागि नेपाल बोसिया संघको स्थापन गरिएको र घर भित्रै आफ्नो प्रतिभा लाई लुकाएर बस्नु भएका जो किहिका लागि हाम्रो संघसंस्था को निरन्तर साथ सहयोग रहने बोसिय संघका संस्थापक अध्यक्ष कार्यक्रमका सभापति गोमा देवि पौडेलले बताइन् ।
कार्यक्रमका सभापतित्व संस्थाका संस्थापक अध्यक्ष गोमा देवि पौडेल प्रमुख अतिथि पुर्व भलिबल खेलाडी तथा राष्ट्रिय खेलकुद परिषदका नवनियुक्त सदस्य इन्द्रीरा निरौला , विशिष्ट अतिथी नेपाल पारा ओलम्पिक कमिटीका केन्द्रिय अध्यक्ष दिपक कोइराला लगायत प्रत्येक प्रदेशका विभिन्न संघसंस्थाका प्रमुख प्रतिनिधि र खेलाडीको सहभागिता रहेको थियो भने कार्यक्रमको संचालन देबु पराजुली गर्नु भएको थियो।

ताजा समाचार