सुरक्षित रहेर पर्व मनाउन मुख्यमन्त्री भट्टद्वारा आग्रह

शुभ दिपावलीको अवसरमा शुभकामना दिदै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टद्धारा सुरक्षित रहेर घरभित्रै पर्व बनाउनु आग्रह गरेका छन् ।

 धनगढी,
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलाेचन भट्टले दिपावली तथा भाई टिकाकाे अवसरमा प्रदेशबासीमा शुभकामना दिएका छन् ।
आज शनिवार शुभकामना सन्देश सार्वजनिक गर्दै मुख्यमन्त्री भट्टले देश विदेशमा रहनुभएका सम्पुर्ण प्रदेशबासीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्य एवं उत्तराेतर प्रगतिकाे कामना व्यक्त गरेका हुन् ।
‘आपसी सदभाव र भातृत्वकाे प्रतिकका रुपमा रहेकाे यस पर्वले सम्पुर्ण प्रदेशबासीलाई एकआपसमा खुशीयाली साटासाँट गर्दै एकताकाे सुत्रमा आबद्ध गरी सामाजिक एकता कायम गर्न सघाउ पुराउन सकाेस् भन्ने कामना गर्दछु’ भन्दै मुख्यमन्त्री भट्टले बर्तमान काेराेना भाइरस (काेभिड-१९) सक्रमण महामारीवाट उत्पन्न जटिल परिस्थितिमा सरकारले ताेकेका स्वास्थ्य सम्बन्धी सबै प्रकारका मापदण्ड अपनाई पर्याप्त सावधानीकासाथ आ-आफ्नाे घरभित्र मनाउन आग्रह समेत गरेका छन् ।

ताजा समाचार