धनगढी गाउँको” ए “टिम लाई खुल्ला भलिबल प्रतियोगिताको उपाधी

 धनगढी ,

विश्वव्यापी रुपमा फैलिएको महामारी “कोभिड-१९ “कोरोना भाइरसका बाबजुद पनि सुदूरपश्चिम प्रदेश स्थिति धनगढी उपमहानगरपालिका वडा नम्बर १२ मा संञ्चालन भएको खुल्ला भलिबल प्रतियोगिताको उपाधी धनगढी गाउँको “ए” टिमले हात पारेको छ।

शुभदिपावलीको पावन अवरमा मनकामना युवा क्लब जुगेडाले आयोजना गरेको खुल्ला भलिबल प्रतियोगितामा १५ वटा टिमको सहागिता रहेको थियो ।

खुल्ला भलिभल प्रतियोगिताको प्रथम हुने धनगढी गाउँ ए टिमले नगद १५ हजार सहति ट्रफि तथा प्रमाण पत्र पाप्त गरेको छ भने उप विजेता मनकामना युवा ब्लब बी ले १० हजार नगद सहित ट्रफि तथा प्रमाण पत्र पाप्त गरेको मनकामना युवा क्लबका अध्यक्ष डबल बहादुर थापाले बताए ।

समापन कार्यक्रममा धनगढी उपमहानगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष गणेश प्रसाद जोशी प्रमुख अतिर्थी रहेका थिए ।

प्रतियोगिताका संयोजक कृष्णराज पाण्डेयले कोभिड १९ को महामारी विच पनि खेल प्रेमी दर्शेक तथा खेलाडीहरुको मनोबल बढाउँने उदेश्यले भलिबल प्रतियोगिताको आयोजना गरिएको जानकारी दिए । उनले ३ दिन सम्म संञ्चालन भएको प्रतियोगितामा १५ वटा टिमको सहभागता रहेको बताएका छन् ।

क्लबले कोरोना महामारीका विचमा पनि विभिन्न सामाजिक कार्य संगै केहि खेहि खेलकुद प्रतियोगिताको आयोजना गदै आएको क्लबका अध्यक्ष डबल बहादुर थापाले बताएका छन् ।

ताजा समाचार