अपाङ्गतामैत्री खेलकुद संरचना बनाउन माग

नेपाल पारा ओलम्पिक कमिटी सुदूरपश्चिम प्रदेश द्धारा राष्ट्रिय खेलकुद परिषदका नवनियुक्त सदस्य एकेन्द्र बहादुर कुवर लाई कञ्चनपुरको महेन्द्रनगरमा स्वागत तथा अभिनन्दन गरिएको हो।

कञ्चनपुर ,

 सुदूरपश्चिम क्षेत्रका अपाङ्गता अगुवाले अपाङता भएका व्यक्तिको खेलकुद विकासका लागि अपाङ्गमैत्री संरचना निर्माण गरिदिन माग गरेका छन् ।

शुक्रबार कञ्चनपुरको कर्भडहलमा नेपाल पारा ओलम्पिक कमिटि सुदूरपश्चिम प्रदेश कमिटिले राष्ट्रिय खेलकुद परिषद् सदस्य एकेन्द्र बहादुर कुँवरको स्वागत तथा सम्मान कार्यक्रममा यहाँका अपाङ्गता भएका अगुवाले अपाङ्गमैत्री खेलकुद संरचना बनाउन माग अघि सारेका हुन् ।

नेपाल पारा ओलम्पिक कमिटि सुदूरपश्चिम प्रदेश सदस्य जिवन भट्टले स्वागत मन्तव्य राख्दै अपाङ्गता क्षेत्रको विकासका लागि खेलकुद समाग्री र भौतिक संरचनामा जोडदिए । नेपाल पारा ओलम्पिक कमिटिका अध्यक्ष दिर्घ कुमार स्वाँरले सुप प्रदेशमा पर्याप्त भौतिक संरचना नहुँदा अपाङ्गता भएका भएका व्यक्तिलाई खेलकुद क्षेत्रको विकासमा बाधा पुगेको बताए । उनले राज्यको सौतेली व्यवहारका कारण क्षमता हुँदाहुँदै पनि अपाङ्गता भएका व्यक्ति खेलबाट बञ्चित भएको गुनासो पोखे ।

राष्ट्रिय खेलकुद परिषद् सदस्य एकेन्द्र बहादुर कुँवरले अपाङ्गता क्षेत्रको खेलकुद विकासका लागि सक्दो पहल गर्ने आश्वासन दिनुभयो । उनले परिष्दको पहिलो बैठकबाटै अपाङ्गताको खेलकुद विकासका लागि निर्णय गर्ने बचन दिदै प्रदेशको समाजिक विकास मन्त्रालयमा समेत पहल गरिने बताए । ‘म विशुद्ध खेलकुदको विकासका लागि काम गर्छु, ‘उनले भने, ‘सबै क्षेत्रलाई समेटेर अघि बढछौँ ।

’ स्वागत तथा सम्मान कार्यक्रमका सभापतित्व नेपाल पाराओलम्पीक कमिटि सुदूरपश्चिम प्रदेशका अध्यक्ष दिघ कुमार स्वार प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषदका नवनयिुक्त सदस्य एकेन्द्र बहादुर कुवँर विशिष्ट अतिथिमा ओलम्पियन डम्बर भट्ट, जिल्ला खेलकुद विकास समिति कञ्चनपुरका प्रमुख गोपाल भट्ट, अतिथिमा जिवन गौतम, भलिबल प्रशिक्षक जगदीश भट्ट, उपेन्द्र कुवँर रहनु भएको थियो भने कार्यक्रम सञ्चालन धन बहादुर महताले गर्नु भएको थियो । नेपाल पारा ओलम्पिक कमिटि सुदूरपश्चिम प्रदेशका सदस्य सहितका पदाधिकारी सहभागिता रहेको थियो ।

ताजा समाचार

This will close in 10 seconds