महेन्द्रनगरमा नेपालकै पहिलो अप्स एण्ड डाउन म्युजियम

कञ्चनपुर

कञ्चनपुरको भीमदत्तमा नेपालकै पहिलो अप्स एण्ड डाउन म्युजियम सेक्सन सहित महेन्द्रनगर म्युजियम र स्टेच्यू अफ सिद्धनाथबाबा आजदेखि संचालनमा आएको छ । क्याप्टेन बेद उप्रेती ट्रष्ट धनगढीद्धारा निर्माण गरिएको महेन्द्रनगर म्युजियम र स्टेच्यू अफ सिद्धनाथाबाबा मध्ये सर्वसाधारणका लागि भित्री म्युजियम बाहेक स्टेच्यू अफ सिद्धनाथाबाबा र म्युजियम परिसर खुला गरिएको हो । फोटो खिच्ने, टिकटक बनाउने युवायुवतीहरुले निकै दवाव दिएपछि निर्माणाधीन म्युजियम बाहेक स्टेच्यू अफ सिद्धनाथाबाबा र म्युजियम परिसर खुला गरेको क्याप्टेन बेद प्रकाश उप्रेतीले जानकारी   दिए ।

बिगत सात वर्षदेखि निर्माणाधीन उक्त म्युजियम २०७७ बैशाख महिनादेखि सञ्चालनमा ल्याउने लक्ष्य लिईएतापनि लकडाउनका कारण निर्माण कार्य ठप्प हुदा समयमै सञ्चालनमा ल्याउन नसिकिएको क्याप्टेन उप्रेतीको भनाई छ । क्याप्टेन बेद उप्रेती ट्रष्टद्धारा धनगढीमा एअर क्राफ्ट म्युजियम र काठमाण्डौंमा एभिएसन म्युजियम विगतदेखि सञ्चालनमा रहेका छन् । क्याप्टेन बेद उप्रेती ट्रष्टले तेस्रो प्रोजेक्टका रुपमा काठमाण्डौं र धनगढीको म्युजियम भन्दा यो म्युजियम पृथक खालको रहेको जनाएको छ । यस म्युजियम भित्र रहेको अप्स एण्ड डाउन ( उल्टा फोटो देखिने ) म्युजियम सेक्सन नेपालकै पहिलो म्युजियम हुनेछ ।

यस म्युजियम परिसर बाहिर स्टेच्यू अफ सिद्धनाथाबाबा, स्वीमीङ पुल, नौ धारा, हेलिकोप्टर र सुदूर पश्चिमका पर्यटकीय स्थलहरुका हवाई चित्रहरु प्रमुख विशेषताहरुका रुपमा रहेका छन् । म्युजियम भित्र अप्स एण्ड डाउन, थ्रिडी र ईलुजन सेक्सनहरु रहेका छन् । खासगरी युवायुतीहरुलाई लक्षित गरेर बनाईएको यो म्युजियम धार्मिक तथा पर्यटकीय दृष्टिकोणले पनि मुख्य भूमिका खेल्ने बताउदै क्याप्टेन उप्रेतीले भने, ‘प्रमुख टुरिस्ट सेन्टरका रुपमा म्युजियमलाई विकास गर्छौ’ निकट भविष्यमै छाडीको जमिनमा पनि विस्तार गर्छौ उनले भने । सिद्धनाथ बाबाको जटाबाट निस्किने पानीको फोहोरा र बिभिन्न देवीदेवताका शालिकहरुले पर्यटकहरु आकर्षित हुनुकासाथै म्युजियमले विद्यार्थीहरुलाई प्रैरणा, सिद्धनाथ बाबाको दर्शन पश्चात पाईने सन्तुष्टि, युवाहरुलाई थ्रि डी र अप्स उण्ड डाउनको आकर्षण र गर्मीमा याममा नौ धारा सहितको स्वीमीङ पुल तथा हेलिकोप्टर भित्र बसी जो कोहीले खिच्न पाउने फोटोग्राफको अवसरले यो म्युजियम सुदूर पश्चिमको मूख्य पर्यटकीय स्थल बन्ने देखिन्छ ।

यस म्युजियम निर्माणका लागि क्याप्टेन बेद उप्रेती र उनकी माता सरस्वती उप्रेतीले बेद उप्रेती ट्रष्टका लागि जग्गा दान दिएका छन् । जग्गाको मूल्य करीव तीन करोड रुपैया र म्युजियमको निर्माणमा चार करोड रुपैया समेत गरी करीव सात करोड रुपैयाको लागतमा यो म्युजियम निर्माण गरिएको हो । यो म्युजियम निर्माण गर्न क्याप्टेन बेद उप्रेतीले विदेशमा प्रशिक्षक पाईलटको जागीरबाट आर्जन गरेको चार करोड रुपैया लगानी गरेका छन् । अमूल्य जग्गा दान र म्युजियम बनाउन हौसला प्रदान गर्ने माता सरस्वती उप्रेतीको म्युजियम परिसर भित्र शालिक समेत बनाईएको छ ।

हाल महामारीका फैलिएको कोरोना भाईरसको संक्रमण कायम रहेसम्म महेन्द्रनगर म्युजियमको भित्रि भाग भने बन्द रहनेछ । तर स्टेच्यु अफ सिद्धनाथ बाबा र हेलिकोप्टर भित्रको फोटोग्राफी र म्युजियम परिसर बाहिर कोभिड १९ बाट उच्च सतर्कता अपनाएर फोटो खिच्न सिद्धनाथ बाबा दर्शनर्नार्थ बिहान १० बजेदेखि साँझ ५ बजेसम्म खुला गरिनेछ । ७० वर्षभन्दा माथिका जेष्ठ नागरिकलाई म्यूजियम प्रवेश निशुल्क गरिएको छ । अन्यको हकमा प्रवेश शुल्क रु ५० निर्धारण गरिएको छ । म्युजियम पूर्ण रुपमा सञ्चालनमा आईसकेपछि भने विद्यार्थीहरुका लागि रु १०० र अन्यका लागि रु १५० प्रवेश शुल्क निर्धारण गरिने बताईएको छ । उक्त संग्राहलय संचालनमा आएसँगै यहाँको पर्यटकीय विकास तथा धार्मिक क्षेत्रहरु प्रसारप्रचार हुनुका साथै सामाजिक सेवा क्षेत्रमा समेत लगानी गरिने उप्रेतीले बताए ।

ताजा समाचार

This will close in 10 seconds