चुरे क्षेत्रमा चोरी तस्करी, सशस्त्र प्रहरीद्वारा भरुवा बन्दुक बरामद

कञ्चनपुर, 

कञ्चनपुरको कृष्णपुर नगरपालिका १ चुरे वन क्षेत्रमा काठ चोरी तस्करी बढेको छ । तिहारका बेला कृष्णपुर नगरपालिका १ चुरे वन क्षेत्रमा काठ र बन्यजन्तु चोरी तस्करी बढेपछि सशस्त्र प्रहरीले सो क्षेत्रमा गस्ती बढाएको छ ।

 

सशस्त्र प्रहरीकै गस्तीबाट कञ्चनपुरको चुरे जंगलबाट भरुवा बन्दु बरामद गरिएको छ । अघिल्लो दिन काठ बरामद गरिएको थियो । सशस्त्र प्रहरीले कञ्चनपुरको कृष्णपुर नगरपालिका १ कुमगडा क्षेत्रबाट एक थान भरुवा बन्दुक बरामद गरेको हो । सशस्त्र प्रहरी बल शैलेश्वरी गणबाट सशस्त्र प्रहरी निरीक्षक निरीक्षक ईश्वरी भट्टको नेतृत्वमा गएको सशस्त्र प्रहरीको टोलीले एक थान भरुवा बन्दुक बरामद गरेको हो ।

 

सशस्त्र प्रहरीले सो क्षेत्रमा काठ, वन्यजन्तुको चोरी तस्करी हुन थालेपछि सशस्त्र प्रहरीले सो क्षेत्रका गस्ती बढाएको थियो । बरामद गरिएको भरुवा बन्दुक सशस्त्र प्रहरीले प्रहरीलाई बुझाएको छ । एक दिन अघि मात्रै सशस्त्र प्रहरीले कृष्णपुर नगरपालिका १ चुरे क्षेत्रबाटै काठ समेत बरामद गरेको थियो । सशस्त्र प्रहरीको टोली देखेपछि शिकारीले भरुवा बन्दुक छाडेर भागेको जनाईएको छ । तिहारका बेला सशस्त्र प्रहरीले वन क्षेत्रमा गस्ती समेत गस्ती बढाएको पाईन्छ । यसका साथै तस्करी रोक्नका लागि सीमा क्षेत्रमा समेत गस्ती बढाएर गैर कानुनी गतिबिधी नियन्त्रणमा जुटेको छ ।

ताजा समाचार