व्यक्तिगत राजनीतिक रिसिबीले पार्टीको पद्धति सर्कुलर मिचेर मेरो चरित्र हत्या गरे ः सोती

 कञ्चनपुर,
समाजवादी पार्टी सुदूरपश्चिम प्रदेशका सदस्य सिद्धराज सोतीले आफु बिरुद्ध प्रदेश अध्यक्ष कृष्ण कुमार चौधरीले प्रचलनमा नरहेको समाजवादी पार्टीको अनाधिकार लेटर प्याड दुरुपयोग गरेको आरोप लगाएका छन् ।
सोतीले आफु बिरुद्ध प्रदेश अध्यक्ष चौधरीले व्यक्तिगत राजनीतिक रिसिबीले पार्टीको पद्धति, नीति विपरित अधिकारको दुरुपयोग गरेको आरोप लगाएका हुन् । गत आइतबार समाजवादी पार्टी प्रदेश नम्बर ७ (सुदूरपश्चिम प्रदेश)का अध्यक्ष कृष्ण कुमार चौधरीले एक प्रेस विज्ञप्ती जारी गर्दै सोतीलाई अनुशासनको गम्भिर उलङघन गर्दै पार्टीको सम्पूर्ण जिम्मेबारीबाट निलम्बन गरेको घोषणा गरेपछि सोतीले त्यस बिरुद्धमा बुधबार प्रेस विज्ञप्तीका साथै पत्रकार सम्मेलन गरेका छन । पत्रकार सम्मेलनमा सोतीले प्रदेश अध्यक्ष चौधरीले अवैधानिक काम गरेको गम्भिर आरोप लगाएका छन् ।
समाजवादी पार्टीका प्रदेश सदस्य सोती र जिल्ला अध्यक्ष राधेश्याम भट्टले संयुक्त रुपमा हस्ताक्षर गरेको विज्ञप्तीमा पुर्व समाजवादी पार्टी र पूर्व जनता पार्टी एकीकरण भएपछि जनता समाजवादी पार्टी नेपाल गठन भएको परिवेसमा केन्दीय कार्यालय समायोजन निर्देशिका अनुरुप समाजवादी र जनता पार्टीका नामबाट कुनै कार्य नगर्नु नगराउनु भनि दिएको पार्टी आन्तरिक निर्देशिका सर्कुलर बिरुद्ध हाल निर्वाचन आयोगको दर्ता सूचिमा नरहेको समाजवादी पार्टीको लेटर प्याड प्रयोग गरि समाजवादी पार्टीका पूर्व अध्यक्ष कुष्ण कुमार चौधरीले संचार माध्यममा प्रकासित भएको माया नेगी केन्दीय सदस्यबाट बर्खास्त भएको भनि प्रयोग भएको वाक्यमा सिद्धराज सोतीले भनेको भनि छापिएको समाचारको हवाला दिदै मेरा बिरुद्ध प्रचलनमा नरहेको पार्टीको अनाधिकार लेटर प्याड प्रयोग गरि सोतीलाई पार्टीको सम्र्पर्ण कामकार्यबाट निलम्बन गरेको समाचार विभिन्न पत्रपत्रिकामा छापेको आरोप लगाईएको छ ।
कृष्ण कुमार चौधरी हाल वैज्ञानिक समाजवादी पार्टीको वैधानिक अध्यक्ष नभएको र म सिद्धराज सोतीले माया नेगीको पदको बारेमा कहिकतै नबोलेको र तत्त सम्बन्धी समाचार निराधार भएको दावि गरिएको छ । चौधरीले पार्टीभित्रको विधि नीति अनुसार छानबिन गर्नुपर्ने प्रद्धति हुँदाहुँदै एकाएक आफुसंग व्यक्तिगत राजनीतिक पार्टीको पद्धति अनुसार छानबिन गर्नुपर्ने हुँदाहुँदै व्यक्तिगत राजनीतिक रिसिबीले पार्टीको पद्धति सर्कुलर मिचेर आफ्नो चरित्र हत्या गरेको दुखेसो पोखेका छन । सोतीले अध्यक्ष चौधरी बिरुद्ध केन्दीय कार्यालमा समेत अवैध कृर्ते कागज प्रयोग गरि पदको गरिमा हनन् गरि मानहानी गरेकाले हदैसम्मको अनुसाशनको कार्बाहीको माग अघि सारेका छन् । प्रेस वक्तव्यमा समेत हस्ताक्षर गरेका समाजवादी पार्टी कञ्चनपुरका अध्यक्ष राधेश्याम भट्टले पार्टीका लागि जे जति काम गर्ने सोती भएकाले उनीमाथिको कार्बाही घात भएको टिप्पणी गरे ।
समाजवादी कञ्चनपुरका युवा नेता अभिषेक सिह (गुरु)ले अध्यक्ष कृष्ण चौधरीले गरेको कार्य गलत भएको आरोप लगाए । ‘पार्टीको विधि विधान हुँदाहुँदै उनलाई कार्बाही गर्ने अधिकार छैन, ‘अभिषेकले भने, ‘त्यस बिरुद्ध हामीले संघर्ष गछौँ ।’ समाजवादी पार्टी प्रदेश सदस्य बिरेन्द्र चन्दले सोतीको राजनीतिक जिवन समाप्त पार्ने हिसाबले गरिएको कार्बाही निन्दनिय भएको टिप्पणी गरे । सुप प्रदेशका मुख्य सचिव भीम थापाले अवैधानिक कार्य भएको बताउदै शक्तिको दुरुपयोग गर्दै सोतीमाथि गरिएको कार्बाहीप्रति खेद र दुख व्यक्त गरे ।
समाजवादी पार्टीका प्रदेश अध्यक्ष कृष्ण कुमार चौधरीले आउँदो मंसिर १० गतेभित्र समायोजन नहुँदासम्म दुवै पार्टी अस्थित्वमा रहेको बताए । उनले आफुले गरेको कार्बाही वैधानिक भएको बताए । समायोजन नहुँन्जेलसम्म पार्टीको अध्यक्ष हैसियतले विधि विधान विपरित सुन्य समयमा गरिएका पार्टी बिरुद्धका गतिबिधीमा संलग्न भएकाले निलम्बन गरिएको बताए । ‘केन्दले गर्दै नगरेको निर्णयलाई नेता कार्यकर्ता बिरुद्धमा अनुशासन हित तरिकाले बोल्ने कार्य बिरुद्ध उहाँँलाई निलम्बन गरिएको हो, ‘प्रदेश अध्यक्ष चौधरीले भने, ‘रुपान्तर भएर सच्चिएर आउनुपर्छ ।’ कार्यक्रममा समाजवादी पार्टी प्रदेश उपाध्यक्ष बासमती राजि सहितका नेताहरुको उपस्थिति रहेको थियो ।

ताजा समाचार

This will close in 10 seconds