जनता सँग जनप्रतिनिधि कार्यक्रममा

जनताको घरदैलोमा जनप्रतिनिधि ,आगमी दिनमा जनता बाट आएका समस्याहरु लाई सम्बोधन गरेर जाने जनताको सामु जनप्रतिनिधिको प्रतिबद्धता

कञ्चनपुर,

जनता सँग जनप्रतिनिधि कार्यक्रममा नेपाल कम्युनिष्ठ पार्टी (नेकपा)ले भीमदत्तनगरपालिकाका विभिन्न वडाहरुमा जनताका गुनासा साथ साथै घरदैलो कार्यक्रमको आयोजना गरेका छन् ।

वडा नं. ७ र ८ को वडा कमिटीले आयोजनागरेको उक्त कार्यक्रममा जनप्रतिनिधीको तर्फबाट प्रतिनिधि सभाका सदस्य डा.दिपक प्रकाश भट्ट, सुदूरपश्चिम प्रदेश सभा सदस्य पूर्व वन तथा वातावरण मन्त्री प्रकाश रावल, टोली सँग भीनपा ७ र ८ का जनताको जनगुनासो सुन्नको साथै त्यहाँको समस्या समाधानको लागि आफुहरुले पहल गर्ने बताएका थिए ।

संघिय सभासद डा. दिपक प्रकाश भट्टले जनगुनासोको जवाफमा भने संघियता नेपालकोलागि पहिलो भएकोले पहिलो वर्ष कानुन पास गर्नुपर्ने भएकोले भेटघाट गर्न जनताको घर दैलोमा पुग्न नसकेको र पछिल्लो समय कोभिड–१९ले गर्दा विश्व नै अक्रान्त भएको बेला हामी पनि त्यस बाट अछुतो रहन सकेनौं । जसले हामीलाई पनि प्रत्यक्ष असर पारेको छ तर कोरोना भन्दै चुप लागेर बस्न सक्ने अवस्था रहेन त्यसैले सुदूरपश्चिमको विकासको ढोकाको रुपमा रहेको सुख्खा बन्दरगाह, जैविक धार्मीक पर्यटन मार्गको काम अगाडि बढाएको, गौचरनमा रहेको एयरपोर्ट सञ्चालनमा ल्याउने तयारी रहेको र आफुले चुनावमा गरेको महाकाली अस्पताललाई टिचिङ्ग अस्पताल बनाउने योजनामा आफु लागिरहेको उनले बताए ।

त्यसैगरी सुदूरपश्चिम प्रदेशका पुर्व राज्यमन्त्री प्रकाश रावलले विकास नभएको होइन पार्टी कमिटि अधुरो भएका कारण जनप्रतिनिधिले गरेका कार्यलाई जनतासामु लैजान नसक्दा विकास नभएको हो कि भनेर जनताको बुझाई रहेको र तिनैवटा सरकारले गर्ने विकास सबै एउटै हो । जनताले तिरको कर बाट नै जनताको विकास गर्ने हो । जनतामा भएका समस्यालाई हामी जनप्रतिनिधिले अध्ययन गरी समाधान लाई पहिलो प्रथमिकतामा राखेका छौं ।

नहर भन्दा माथिको क्षेत्र आकासे पानीको भरमा सिचाई गर्न बाध्यता थियो त्यसै समस्याको लागी विभिन्न स्थानमा अहिले बोरिङग्को व्यवस्था सँगैं ८० प्रतिशत कार्य सम्पन्न भैसकेको र आगामी दिनमा त्यस कार्यलाई पुर्णता दिने छौ ।

मुख्यमन्त्री रोजगारी योजना अन्तर्गत केराखेतीमा युवाहरुलाई अग्रसर गराई केरामा पुर्ण निर्भरहुने बताए । जनसंख्या बढी रहेको तर जमिनको भाग नबढने भएकाले कृषि पेशालाई आधुनिकीकरण गरेर लैजानु पर्ने उत्पादनका साथ साथै रोजगारीको पनि ग्यारेन्टी हुने उनले बताए ।

कार्यक्रमकामा भीनपा–७ का वडा अध्यक्ष शंकर कुवँरले विकास सग सगै विभिन्न सिपमुलक र आयमुलक कार्यहरु गरी रहेको र उक्त ठाउँको खाने पनी समस्या मुख्य रुपमा रहेको हुदाँ यस क्षेत्रमा विस्तृत अध्ययन प्रतिवेदन (डिपीआर) तय भै सकेको र छिटै त्यसको समाधान हुने बताउनु भयो । त्यसैगरी भिनपा ८ का वडा अध्यक्ष ध्वज बहादुर विष्टले पार्टीको निर्देशन अनुरुप आमजनताको भावना अनुरुप काम गरीरहेको बताए ।

कार्यक्रम नेकपा वडा कमिटी ७ र ८ का अध्यक्ष राम बहादुर धामी र लक्ष्मण भट्टले जनप्रतिनिधीहरुले विकास निर्माणको काम गर्दा गर्दै पनि विरोधका नाममा विरोध गरीरहेको टिप्पणी गरेका छन् । उक्त कार्यक्रममा नगर समिति अध्यक्ष, जिल्ला कमिटि सदस्य, प्रदेश कमिटि सदस्य लगायतको सहभागीता रहेको थियो ।

ताजा समाचार

This will close in 10 seconds