दशकपछि सुप विश्वविद्यालयको आफ्नै प्रशासनिक भवन

कञ्चनपुर,

एक दशकपछि सुदूरपश्चिमाञ्चल विश्वविद्यालयलको आफ्नै प्रशासनिक भवन निर्माण भएको छ । ०६७ सालमा स्थापना भएको सुप विश्वविद्यालयको प्रशासनिक कार्यालय भाडाको भवनमा संचालन हुँदै आएको थियो । तत्तकालिन महेन्द्रनगर नगर विकास समितिको स्वामित्वमा रहेको भीमदत्त नगरपालिका १८ सालघारी क्षेत्रमा एक तले पक्की भवन निर्माण भएको हो । नयाँ पक्की भवनमा औपचारिक रुपमा कार्यालय सारिएको छ । बुधबार औपचारिक रुपमा नयाँ भवनमा कार्यालय सारिएको छ ।

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका रजिष्ट्रार डा. गोबिन्द विष्टले औपचारिक रुपमा पक्की भवनमा सरिएको बताए । ‘विगतमा भाडाका भवनमा बस्दै आएका थियौँ, ‘रजिष्ट्रार विष्टले भने, ‘अब आफ्नै भवन निर्माण भएको छ ।’ ३५ कोठा, २ बैठक कक्ष सहितको एक तले भवन निर्माण गरिएको थियो । १३ करोड लगातमा निर्माण भएको भवनमा अहिले केन्द्रीय कार्यालय सारिएको छ ।

‘आफ्नै भवन निर्माण भएपछि दैनिक कामकाज प्रशासनिक सहज हुन्छ, ‘उनले भने, ‘अहिलेका लागि एक तले निकट भविष्यमै तीन तले निर्माण गछौँ ।’ सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति डा. अम्मराज जोशीले प्रशासनिक भवनसंगै आवास गृह बनाउने योजना रहेको बताए । बिएस्सी हर्बल साईन्स लगायतका योजना समेत अघि सारिएको बताए । ‘थप कार्यक्तम संचालन गछौँ, ‘उपकुलपति जोशीले भने, ‘भविष्यमा पुर्वाधारका क्षेत्र विस्तार गरेर योजना अघि बढाउँछौँ ।’ मासिक ६५ हजारमा भाडा तिरेर प्रशासनिक भवन संचालन हुदै आएको थियो ।

तत्तकालिन नगरविकास समितिबाट १२ विगाह जमिन लिएको विश्वविद्यालयले ५ विगाह सालघारी र ७ विगाह जमिन निम्बुखेडा क्षेत्रमा रहेको छ । विश्वविद्यालयले आफ्नै भवनमा प्रशासनिक भवन निर्माणसंगै विश्वविद्यालय प्राध्यापक कर्मचारी हर्षित भएका छन् । सुदूरपश्चिमाञ्चल विश्वविद्यालय प्राध्यापक संघका केन्द्रीय सभापति बीर बहादुर सिहले प्रशासनिक भवनसंगै ल्याब सहित ईन्जिनियर, विज्ञान सहित अन्य विभागको भौतिक संरचना र पुस्तकालय, मेघा हल लगायत बनाउनुपर्ने सुझाव दिए । सुप विश्वविद्यालय उप प्रशासक गोबिन्द वल्लव पन्तले भवन निर्माणसंगै प्रशासनिक काम कार्बाहीमा सहज हुने बताए । ‘विगतमा एकै कोठामा दुईतिन जना मिलेर कोचिएर काम गर्नुपथ्यो, ‘उनले भने, ‘अब सहज हुन्छ ।’ अहिलेका लागि प्रशासन र सेवा आयोगका कार्यालय हुने र दोस्रो तला बनिसकेपछि परीक्षा नियन्त्रणको कार्यालय समेत विस्तार हुने बताए ।

ताजा समाचार

This will close in 10 seconds