निड्स नेपालद्धारा कोरोनाबाट बाँच्न व्यक्तिगत सरसफाईमा जोड

 कञ्चनपुर,

 कोरोना लगायतका विभिन्न रोगबाट बाँच्नका लागि सरसफाईमा सरोकारवालाले जोड दिईएका छन् । निड्स नेपालले बुधबार भीमदत्त नगरपालिकामा आयोजना गरेको नगर स्तरिय समन्वय बैठकमा सरोकारवालाले सरसफाईमा जोडदिएका हुन् । कोरोना रोकथामका लागि निड्सले ल्याएको स्वच्छताका लागि व्यवहारिक परिर्वतन कार्यक्रमबाट सरसफाईमा बढि जोड दिईएको छ ।

निड्स नेपाल एचबिसीसी परियोजना संयोजक प्रयागराज रेग्मीले कोरोनाबाट बाँच्नका लागि सबैभन्दा पहिला, आमा घर परिवार, समाज लगायत सबै मानिसलाई सरसफाईमा उत्प्रेरित गरिररहेका बताए । संयोजक रेग्मीले भीमदत्त नगरपालिका क्षेत्रका २, ९, १०, ११, १२, १८, १९, १९ , भीमदत्त नगरपालिका, झोलुङ्गेपुल, गड्डाचौकी सार्वजनिक स्थलमा धातधुने ट्याङकी जडान गरिएको बताए । उनले कोरोना रोकथामका लागि स्थानीय तहसंग साझेदारीमा कार्यक्रम संचालन भईरहेको बताए ।

कार्यक्रममा स्वच्छताका लागि व्यवहारिक परिर्वतन(एचबिसी)का स्वास्थ्य अधिकृत प्रतिता भट्टले कार्यपत्र पं्रस्तुत गर्दै कोरोनाबाट बाँच्नका लागि आमाको हातको जादु भएकाले सरसफाईमा मुख्य आमा भएको बताईन् । कार्यक्रमबाट चार हजार नागरिक लाभान्वित हुने लक्ष्य राखेको छ ।

भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टले कोरोना जित्न र कोरोनाबाट धरासायी बनेको अर्थतन्त्र समाजिक जिउन उकास्नका लागि उत्पादनका क्षेत्रमा लगानी आवश्यक रहेको औल्याए । भीमदत्त नगरका जनप्रतिनिधीले समन्वयबाट प्रभावकारी कार्यक्रम संचालनमा जोडदिए । निड्स नेपालका अध्यक्ष अञ्जु जोशी(भट्ट)ले स्थानीय तह, सरोकारवालासंग समन्वय गरेर अघि बढिने बताए ।

ताजा समाचार