ग्रामीण क्षेत्रको स्वास्थ्य लाई मध्यनजर गर्दै अल्ट्रासाउन्ड मसिन जडान


 बेलडाँडी ,

कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र / ग्रामीण भेगको स्वास्थ्य जगतलाई मध्यनजर गर्दै प्राथमिक स्वास्थ्य केन्द्रमा अल्ट्रासाउन्ड मसिन जडान गरिएको छ।

सुदुर पश्चिम प्रदेश स्वास्थ निर्देशनालयको प्राबिधिक तथा आर्थिक सहयोग र बेलडाँडी गाउँ पालिकाको सहयोग साथै समन्वयमा बेलडाँडी प्राथामिक स्वास्थ्य केन्द्र मा बेलडाँडी गाउँ पालिकाका अध्यक्ष धन बहादुर थापा क्षेत्री द्धारा ग्रामीण अल्ट्रासाउन्ड मसिनको उद्घाटन गर्नु भएको हो।

मंगलबार प्राथमिक स्वास्थ्य केन्द्र ब्यवस्थापन समितिका अध्यक्ष प्रेमराज खाती को सभापतित्वमा संचालित कार्यक्रममा बेलडाँडी गाउँ पालिकाका उपाध्यक्ष कमला देबि कार्की,बेलडाँडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश दत्त भट्ट, वडाका प्रतिनिधिहरु, ब्यवस्थापन समितिका पदाधिकारीहरु लगायत स्वास्थकर्मिहरुको उपस्थिती रहेको थियो।

ग्रामीण क्षेत्रमा कुनै सामान्य स्वास्थ्य परिक्षण गर्नका लागि जिल्लाको महेन्द्रनगर ,धनगढी लगायतका ठाउँमा जानू पर्ने भएको हुँदा अब आउदा दिनमा महिलाहरुले सामान्य उपचार घर दलौमा मै गरिने छ। गर्भपरीक्षण गर्ने साथै थप स्वास्थ सेवा पाउने छन् । मातृ मृत्यु दर र बाल मृत्यु दर घटाउनका लागी सुदुर पश्चिम प्रदेश सरकार र बेलडाँडी गाउँ पालिकाले यो कार्यक्रम लागू गरेको हो ।


Loading Viewer...

ताजा समाचार

spot_img