पुनर्वासमा दलित महिला वडा सदस्यको मृत्यु

पुनर्वास 

कंचनपुरको पुनर्वासमा एक दलित महिला वडा सदस्यको मृत्यु भएको छ । आईतबार पुनर्वास नगरपालिका-४ मा निर्वाचित दलित महिला सदस्य टिका सुनारको ३५ वर्षको उमेरमा मृत्यु भएको हो । विगत दुई वर्ष देखि मृगौला पिडित रहेकी वडा सदस्यको भक्तपुर स्थित एक हस्पिटलमा डाइलोसिस गरी अवस्था गम्भिर देखिएपछि काठमाडौ स्थित केएमसी हस्पिटलको आईसियुमा राखी उपचार गराउदा पनि अवस्था झन जटिल बन्दै गएपछि डाक्टरले घर रेफर गरेको सोहि वडाका वडा अध्यक्ष प्रेम बस्नेतले जानकारी दिनुभएको छ ।

अध्यक्ष बस्नेतका अनुसार काठमाडौबाट घर ल्याउदा बाटोमै स्वास्थ अवस्था गम्भिर हुन थालेपछि एक दिन निसर्ग हस्पिटल धनगढीको आईसियुमा राखेको र त्यहाँबाट पनि उपचार सम्भव नभएको भनि हस्पिटलले घर रेफर गर्दा घर ल्याउदा ल्याउदै पुनर्वास-१० स्थित दोदा पुल नजिकै उनको देहावसान भएको बताउनु भयो । मृतक वडा सदस्य पुर्व नेकपा एमालेबाट निर्वाचित सदस्य हुन । अहिले बिहान ९ बजे उनकै घरबाट शव यात्रा निस्किने र दोदा आर्यघाटमा पार्टीका बिशिष्ट व्यक्तिहरुबाट नेकपा पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली सहित अन्त्येष्टि गरिने पनि वडा अध्यक्ष बस्नेतले जानकारी गराउनु भयो ।

ताजा समाचार