एनआरएनए साउदीद्धारा बेलडाँडी प्राथमिक स्वास्थ्य केन्द्र लाई स्वास्थ्य सुरक्षा सामाग्री

हरेक समयमा आमनागरिकको सेवा प्रवाहका लागि अग्रपंक्तिमा रहेका भन्दै दक्षिणी क्षेत्रको प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकी लाई पिपिए सेट,माक्स र फेस गार्ड गाउँपालिका अध्यक्ष द्धारा हस्तान्तरण

कञ्चनपुर ,
विश्वव्यापी रुपमा फैलिएको महामारी कोभिड-१९ कोरोना भाइरसको विषम परिस्थिति लाई मध्यनजर गर्दै सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्रमा रहेको एक प्राथमिक स्वास्थ्य केन्द्र लाई एनआरएनए एन सिसि साउदीद्धारा स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरिएको छ।
गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् साउदी अरबको परोपकारी परियोजना अन्तर्गत गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरब द्धारा सातै प्रदेशमा स्वास्थ्य सामाग्री वितरण गर्ने कार्यक्रम अनुसार सुदूरपश्चिम प्रदेश न.७ को बेलडाँडी गाउँपालिकामा रहेको बेलडांडी प्राथमिक स्वास्थ्य केन्द्र र रौतेलीविचुवा स्वास्थ्य चौकि लाई स्वास्थ्य सामाग्री वितरण गरिएको हो।
राष्ट्रिय समन्वय परिषद साउदी अरब कार्यसमितिका अध्यक्ष तेजबहादुर थापाको समन्वयमा बेलडाँडिका समाजसेवी युवा हाल साउदी अरबमा कार्यरत पदम बहादुर महताको पहलमा बेलडाँडी गाउँपालिका स्थानिय समाजसेवी युवा नेपाल स्वयंसेवक संघ सुदूरपश्चिम प्रदेश सदस्य एवं कञ्चनपुर जिल्ला इन्चार्ज मिन बहादुर शाह र लोक बहादुर बलायरले एक संक्षिंप्त कार्यक्रमका बिच उक्त्त स्वास्थ्य सामाग्री बेलडाँडी गाउँपालिका अध्यक्ष धन बहादुर थापा क्षेत्रीद्धारा प्राथमिक स्वास्थ्य केन्द्रका डा.रबि रोकाया लाई हस्तान्तरण गरिएको स्वयंसेवक संघ सुदूरपश्चिम प्रदेश सदस्य एवं कञ्चनपुर जिल्ला इन्चार्ज मिन बहादुर शाह ले बताए। 
‘यसरी विदेशमा रहेर स्वादेश प्रतिको माया देखाउदै अग्रपंक्तिमा खटिने गरेका स्वास्थ्यकर्मी लाई स्वास्थ्य सुरक्षा सामाग्री दिई सहयोग गर्ने स्थानीय युवा र गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् साउदी अरब लाई बेलडाडी गाउँपालिको तर्फबाट अध्यक्ष धन बहादुर थापा क्षेत्रीले हार्दिक धन्यवाद दिनु भयो।’
‘प्राथमिक स्वास्थ्य केन्द्रका डा. रबि रोकायाले गैर आवासिय नेपाली संघ साउदीको कार्य लाई प्रशंसा गर्दै धन्यबाद ब्यक्त गर्नुका साथै यस्ता कार्यले महामारी संग लड्न अग्रपंक्तिमा (फ्रन्ट लाईन)मा खटीने स्वास्थ्यकर्मी लाई थप हौसला र सहयोग हुने बताउनु भयो ।’ उक्त्त अबसरमा अस्पतालका अन्य कर्मचारी र स्थानियबासी लगायत पत्रकारको पनि उपस्थिति रहेको थियो ।

ताजा समाचार