११ र १२ को परिक्षा संचालनको लागी भानु माध्यमिक बिद्यालय दोधारामा सहयोग समिति गठन

 दोधारा 

विश्वब्यापीकोरुपमा फैलिएको कोभिड १९ को कारण स्थगित कक्षा ११ को परिक्षा संचालनको लागी परिक्षा संचालन सहयोग समिति गठन गरिएको छ् । माहाकाली नगरपालिका स्थित रहेको भानु माध्यमिक बिद्यालयको बैठकले कोभिड १९ को कारण स्थगित कक्षा ११ को परिक्षा संचालनके लागी परिक्षा संचालन गर्न सहयोग समिति गठन गरिएको हो । माहाकाली नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष तथा भानु माध्यमिक बिद्यालय ब्यवस्थापन समितिका पदेन सदस्य दिल बहादुर सिजालीको संयोजकत्वमा बसेको बैठकले यस्तो निर्णय गरेको हो

। २०७७ बैशाख, जेठमा संचालन हुने कक्षा ११ र १२ को कोभिड १९ का कारण स्थगित कक्ष्ाँ ११ को परिक्षा आउदो कार्तिक २३ गते संचालन दुई चरणमा बिहान ८ ः ३० बजे र दोस्रो चरणको अपरान्ह १ बजे गर्न तथा कक्षा १२ को परिक्षा आउदो मंसिर ९ गते बाट संचालन गर्न माहाकाली नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष तथा भानु माध्यमिक बिद्यालय ब्यवस्थापन समितिका पदेन सदस्य दिल बहादुर सिजालीको संयोजकत्वमा ९ सदस्ययीय परिक्षा संचालन सहयोग समिति गठन गरिएको भानु माध्यमिक बिद्यालयका प्रधानध्यापक यज्ञराज पण्डितले जानकारी दिएका छन् ।

सदस्यमा ईलाका प्रहरी कार्यालय दोधारा चा“दनीका प्रतिनिधी, माहाकाली नगरपालिका स्वास्थ्य शाखाका प्रमुख जय बहादुर महरा, माहाकाली नगरपालिका वडा नं. ६ का वडा सदस्य भुवन आले मगर, श्रजना सुनार, कलवती भाट, योगेश राजपुत, भानु माध्यमिक बिद्यालय ब्यवस्थापन समितिका निर्वतमान अध्यक्ष मृग बहादुर सिंह र शिक्षक प्रतिनिधी लालु खड्का रहेका छन् । परिक्षा संचालन गर्दा आवश्यक पर्ने मास्क, सेनिटाईजर, सेनिटाईजर मेसिन, ग्लब आदी स्वास्थ्य सामग्री उपलब्ध गराईदिन माहाकाली नगरपालिका कार्यालयमा अनुरोध गर्ने निर्णय गरिएको भानु माध्यमिक बिद्यालयका प्रधानध्यापक यज्ञराज पण्डितले बताएका छन् ।

ताजा समाचार

This will close in 10 seconds