दोधारा चाँदनीमा १५ सय्याको अस्पताल बनाउने तयारी

दोधारा 

माहाकाली नगरपालिकाको प्राथमिक स्वास्थ्य केन्द्र दोधारालाई अस्पतालमा स्तरोन्नति गरि १५ सय्या अस्पताल निमार्णको तयारी अघि बढाईएको छ् । प्राथमिक स्वास्थ्य केन्द्र दोधारालाई १५ सय्याको अस्पताल बनाउने तयारीमा माहाकाली नगरपालिका कार्यालय जुटेको छ् । माहाकाली नगरपालिका वडा नं. ६ (साबिकको दोधारा–३) को गौचरन जग्गामा १५ सय्या अस्पताल निमार्ण गरिने बताईएको छ् । माहाकाली नगरपालिका वडा नं. ६ स्थित महाकाली नदीको छेउमा रहेको सिट नं. ०२६००९०, कित्ता नं. ८२ को जग्गा मध्येबाट उत्तर तर्फको २ बिघाह (१३५४२.२६ बर्गमिटर) जग्गालाई माहाकाली नगरपालिकाको स्वामित्वमा लिई अस्पताललाई हस्तान्तरण गर्न आवश्यक प्रकृया अघि बढाईएको माहाकाली नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष तथा माहाकाली नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजालीले जनाएका छन् । प्राथमिक स्वास्थ्य केन्द्र क्षेत्रमा जग्गाको अभावको कारण महाकाली नदी नजिक रहेको गौचरन जग्गा क्षेत्रमा अस्पताल बनाउने तयारी माहाकाली नगरपालिकाले गरेको छ् ।

रु. १८ करोडको बहुवर्षिय योजनामा यस वर्ष संघिय सरकारले रु. १ करोड रकम बिनियोजन गरेको बताईएको छ् । अस्पतालको प्रकृया अघि बढाउन अस्पताल निमार्ण कार्य संचालनार्थ आवश्यक पर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट स्वीकृत आधारभुत अस्पताल भवन निमार्ण सम्बन्धी निर्देशिका २०७७ को दफा ३ बमोजिमका कार्यहरु आजकै मिति देखि अघि बढाउने कार्य भएको माहाकाली नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष तथा माहाकाली नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजालीले बताएका छन् । ‘प्राथमिक स्वास्थ्य केन्द्रबाट अस्पतालमा स्तरोन्नति भए संगै यहा“बाट प्रदान गरिने सेवा पनि विस्तार हुने भएको छ भने, आवश्यक दक्ष जनशक्तिको पनि व्यवस्थापन हुने छ्’, माहाकाली नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष तथा माहाकाली नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजालीले भने, ‘अब स्वास्थ्य सेवा ब्यवस्थापन गरेर शल्यक्रिया सेवा यहीबाट सुरु गर्छौैं, अब बिरामीले अन्यत्र जानु पर्ने बाध्यता हटेर जानेछ ।’ स्वास्थ्य केन्द्र दोधाराले विगत लामो समय देखि केही हद सम्म अस्पतालबाट प्रदान गरिने सेवा दिदै आएको थियो ।

सञ्चालनमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नती गरि हाल १५ सय्याको अस्पताललाई माहाकाली नगरपालिका वडा नं. ६ महाकाली नदी नजिक ब्यवस्थीत भवन सहित स्वास्थ्य सुबिद्या सम्पन्न बनाएर सञ्चालन ल्याउनको लागी २ बिघाह गौचरन जग्गामा अस्पताल निर्माण गर्ने तयारी सुरु गरिएको माहाकाली नगरपालिका कार्यालयले जनाएको छ् । १५ सय्याको अस्पताल निमार्णको प्रकृया अघि बढाउन ५ सदस्यीय कार्य दल समेत गठन गरिएको छ् । माहाकाली नगरपालिका कार्यपालिकाको आजको बैठकले माहाकाली नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष दिल बहादुर सिजालीको संयोजकत्वमा ५ सदस्यीय कार्यदल गठन गरेको छ् । सदस्यमा माहाकाली नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष ज्ञानेन्द्र बहेक क्षेत्री, वडा नं. ४ का वडा अध्यक्ष भक्त बहादुर सुनार, वडा नं. ३ वडा अध्यक्ष पुष्कर दत्त जोशी, कार्यपालिका सदस्य नन्दलाल सुनार रहेका छन् । माहाकाली नगरपालिकाका दशै वडाका स्थानियहरुले प्राथमिक स्वास्थ्य केन्द्रबाट सेवा लिदै आएका छन् । कोभिड १९ पछि धेरै बिरामीको चाप हुने स्वास्थ्य केन्द्रका रुपमा रहेको यस स्वास्थ्य केन्द्रको स्तरोन्नति गरी थप गुणस्तरीय सेवा पाउने भएपछि स्थानीयवासी हर्षित भएका छन् ।

दक्ष र अनुभवी चिकित्सकद्वारा आफ्नै गाँउ–ठाँउमा स्वास्थ्य सेवा लिन पाउने भएपछि समय र खर्चको बचत हुनाका साथै स्वास्थ्य उपचारको अभावकै कारण अकालमै ज्यान गुमाउने पीडादायी अवस्थाको पनि अन्त्य हुने स्थानीयवासीको विश्वास छ् । ‘अस्पतालका रुपमा स्तरोन्नति भएपछि सामान्य शल्यक्रिया सेवा, जटिल प्रकारका प्रसूति सेवा, हर्निया, हाइड्रोसिल, एपेन्डिक्स जस्ता रोगको शल्यक्रिया सेवा दिन सकिन्छ’, माहाकाली नगरपालिका कार्यालयका स्वास्थ्य शाखा प्रमुख जय बहादुर महराले भने, ‘माईनर र मेजर सर्जरीको सेवा संगै आवश्यकता अनुसार तालिम प्रदान गर्ने तथा दक्ष जनशक्तिद्वारा गुणस्तरीय सेवाका साथै यस अघि प्रदान भइरहेका सेवालाई थप व्यवस्थित गर्दै अस्पतालको सबै सेवाको स्तरलाई पनि बढाउदै जानेछौं ।’ अस्पतालका रुपमा स्तरोन्नति नहुदै पनि यहाँबाट ओपिडी सेवा, ईमर्जेन्सी सेवा, प्रसूति सेवा, ल्याब सेवा, एचआईभी उपचार तथा एआरटी सेवा, क्षयरोग जाँच सेवा, प्याथोलोजी, रगत, खकार, भिडियो एक्स–रे, एक्स–रे सेवा, फार्मेसी सेवा, निःशुल्क सुरक्षित गर्भपतन सेवा, शवपरीक्षण, एम्बुलेन्स सेवा लगाएत सेवाहरु दिदै आईरहेको छ् ।

ताजा समाचार