पुनर्वासका एक युवकको भारतको सम्पुर्णानगरमा मृत्यु

पुनर्वास  

कंचनपुरको पुनर्वास नगरपालिकासंगै सिमा जोडिएको भारतीय बजार सम्पुर्णानगरको एक होटेलमा काम गर्दै आएका एक नेपालीको मृत्यु भएको छ। पुनर्वास नगरपालिका-४ का २२ वर्षीय युवक रमेश दमाईको बुधबार साझ भारतको सम्पुर्णानगर स्थित एक मेडिकलमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक दमाई भारतमा रोजगारी गर्दै आएको र लकडाउनको समयमा घर आएको पारिवारिक श्रोतले जनाएको छ ।

लकडाउनमा घर आएका दमाई भदौ ३० गते घरबाट वेपत्ता भएको भनि खोजीका लागि असोज ३ गते ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा उजुरी परेको प्रहरी निरीक्षक कैलाश सिंह बिष्टले जानकारी दिए । प्रहरी निरीक्षक बिष्टका अनुसार उजुरी परेको केहि समयपछि भारतको उत्तरप्रदेश सम्पुर्णानगर खिरीको एक होटलमा काम गरिरहेको भन्ने खबर मृतकको परिवारले प्रहरी कार्यालयमा जानकारी गराएको बताए ।

प्रहरी निरीक्षक बिष्टका अनुसार मृतक दमाई केहि दिन देखि बिरामी रहेको र उपचारका क्रममा उनको बुधबार साझ सम्पुर्णानगरकै एक मेडिकलमै मृत्यु भएको बताए । मृतक दमाईका दाईले प्रहरीसमक्ष दिएको बयानमा भाईको मानसिक सन्तुलन पनि त्यति ठिक नभएको जनाएको छ । अहिले मृतक दमाईको पार्थिव शरीर भारतबाट नेपाल स्थित पुनर्वास नगरपालिका-४ घगाउ स्थित घरमा ल्याईएको छ ।भने पुनर्वासको प्रहरी टोली पनि मृतकको घरमा पुगेको छ ।

ताजा समाचार

This will close in 10 seconds