बेलडाँडी
![](https://esudurdarpan.com/wp-content/uploads/2024/01/7adaf056-1371-435a-8f36-0468544720ac.jpg)
एक दशक अघि स्वदेशमा रोजगारी नपाएपछि बेलडाँडीका गाँउपालिका ४ वैवाहका युवा गणेश बहादुर धामी विदेश(मलेशिया) गएका थिए । उनी घुम्नघाम गर्न होईन, रोजगारीका लागि मलेसिया गएका थिए । ०६५ सालतिर काठमाण्डौँ बालाजुबाट ईलेक्ट्रिसियन तालिम लिएका धामीले स्वदेशमा रोजगारी नपाएपछि विदेशीएका थिए । विदेशमा समेत उनले ईलेक्ट्रिसियन प्राविधिक भई तीन बर्ष काम गरे ।
![](https://esudurdarpan.com/wp-content/uploads/2024/01/7d2760c2-08b4-4b4c-91a7-3fad66a6051c.jpg)
०६७ सालतिर मलेसिया गएका उनी ०७० मा स्वदेश फर्किए । हातमा सीप भएपनि लगानी नहुँदा उनले सात बर्षसम्म महेन्द्रनगर बजारमा ईलेक्ट्रिसियन मजदुरीकै काम गरे । ‘हातमा सीप छ, लगानी भएन, ‘सातबर्षसम्म हातमा बिजुल मर्मतका समान बोकेर घर घरमा गएर काम गरे, ‘उनले भने, ‘अहिले ऋणदान गरेर सानो पसल थापेको छु ।’ उनले भीमदत्त नगरपालिका ४ गल्ली नम्बर २ महेन्द्रनगर बजारमा ‘धामी बिजुली पसल’ खोलेर दुवै सेवा दिईरहेका छन । ‘अतिन्जेल अरुको काम गर्ने आफ्नै पसल आफ्नै सीप सदुपयोग गरिरहेको छु, ‘उनले भने, ‘उद्यम गर्नका लागि विदेश मात्र नभई स्वदेशमा समेत गर्न सकिन्छ ।’
![](https://esudurdarpan.com/wp-content/uploads/2024/01/d7138331-2147-4a09-b06e-e242a6fc9eb3.jpg)
काठमाण्डौँमा औपचारिक लिएको तालिम विदेशमा झन व्यवहारिक अभ्यास गर्दा थप अनुभव लिएको बताउदै धामीले रोजगारीका लागि विदेशमा धाउनुपर्ने अवस्था टरेको बताए । ‘हातमा सीप, लगानी र इच्छा शक्तिभएपछि विदेशिन प्रदैन, ‘उनले भने, ‘स्वदेशमै उद्यम गर्नुपर्छ ।’ उनले अहिले ग्राहकको घरमै गएर बिद्युत सम्बन्धीको सेवा दिदै आएका छन । ‘समान पनि बेच्छु, घरमै गएर पनि मर्मत गरिदिन्छु, ‘उनले भने, ‘यो मेरो काम र ग्राहकलाई सुविधा हो ।’ पङखा, मोटर, तार, वायरिङ्ग लगायत विजुली सम्बन्धीमा सबै समान र समाग्री जडानको सेवा दिईरहेको धामीले बताए । ‘बिजुलीको पसल राखेर रकम कमाउने भन्दा पनि सेवा पनि हो, ‘उनले भने, ‘सीप सदुपयोग गरिरहेको छु ।’ धामीले हातमा कुनै न कुनै सीप भएपछि विदेश भन्दा स्वदेशमै पौरख देखाउन सकिने बताउदै धामीले श्रम, सीप सदुपयोगमा सुझाव दिए ।
![](https://esudurdarpan.com/wp-content/uploads/2024/01/Belndai.jpg)