भीमदत्त नगरका मेयर विष्ट दुर्गमबस्ती खल्लामछेट्टी सम्बृद्धिको बिजारोपण गर्दै

कृष्ण नेपाली कञ्चनपुर, 

उत्तरबाट दक्षिण तर्फ महाकाली नदी कलकल बगेको छ । वारी नेपाल तर्फ कञ्चनपुरको खल्लामछेट्टी र पारी भारतको उत्तराखण्ड चम्पावत जिल्लाको उचौलिगोठ गाँउ छन् । दुवैबस्ती महाकाली नदीले मात्रै छुट्याएका छन । नदीको तटियमा रहेका बस्ती नदीसंगै जोखिममा जिवन व्यतित गरिरहेका छन ।

विकासका हिसाबले भारतीय बस्ती नेपाली बस्तीबाट स्वभाविक रुपमा अघि नै छ । पारिपट्टी ठुलठुला पक्की घर, संरचना बनेका छन । वारी कच्ची त्यसमा पनि साना साना टहरा छन । पारी विद्युत विस्तार हुँदा सिङ्गो गाँउ झिलिमिली छ भने, वारीको बस्ती अध्याँरै छ । उचौलिगोठसंग भारतका अन्य शहर जोड्ने सडक सञ्जाल विस्तार भईसकेपछि त्यहाँका नागरिक पहिल्यैदेखि यातायात सुविधामा छन । भने वारी नेपालका जनता त्यो सुविधाबाट बञ्चित थिए । प्राचिन समयको ब्रम्हदेबमण्डी भीमदत्त नगरपालिका ९ खल्लामेछेट्टी गाँउमा ०६१ सम्म विभिन्न समयमा त्यहाँ अन्यन्त्र स्थानबाट बस्ती बसाईसरी आएको पाईन्छ । भौतिक पूर्वाधारको अभावमा बस्तीको विकास मात्र नभई त्यहाँको समाजिक विकास समेत भएको छैन । आधारभूत विकासका पूर्वाधार समेत निर्माण नभएको उक्त बस्तीमा विगतको तुलनामा विकासले गति लिएको छ ।

उत्तर चिन दक्षिण भारत जोड्ने महाकाली कोरिडोरसंगै रहेको बस्ती विकासमा आयाम थपिएको छ । कोरिडोर निर्माणका लागि सडक छेउका रुख छपानदेखि स्थानीय सरकार भीमदत्त नगरपालिकाले भौतिक पूर्वाधारका योजना अघि बढाँउदा बस्तीले विकास पाउने स्थानीयको अपेक्षा छ । दुर्गम बस्तीमा अहिले विकासले गति लिन थालेको छ । विकासका आयाम थपिन लागेका छन । स्थानीय जगन्नाथ धामीले विगतको भन्दा अहिले विकासले गति लिएको बताए । ‘पहिले गाँउमा आउँने सडक पनि थिएन, अहिले सडक आएको छ, यातायातका साधन समेत संचालन भएका छन, ‘धामीले भने, ‘पहिले स्थानीय ब्रम्हदेब बजार, जिल्ला सदरमुकाम जाँदा समेत पैदल जानुपथ्यो, अहिले जानु परेको छैन ।’ गाँउदेखि ब्रम्हदेब बजार जान समेत पैदल मार्ग मात्रै थियो । ‘सडक नहुँदा थोरै मात्र मानिसको आउजाँउ हुन्थ्यो, अहिले धेरै हुन्छ ।’ झण्डै ५ सय परिवार रहेको गाँउका स्थानीय कृषि पेशा गर्दै आएका छन । अर्का स्थानीय आनसिह धामीले विकासको पखाईमा छन । ‘विकास लागि हामीले पर्खिदा पर्खिदा दशकौँ भईसक्यो, तर पनि विकास पाएका छैनौँ, तर विकासको आसा पलाएको छ, ‘विगतको तुलनामा अहिले विकासका काम अघि बढेका छन ।’ उनका अनुसार सडक, विद्यालय भवन, संचारका लागि नेपाल टेलिकमको टावर, खानेपानी, सिँचाईको योजना अघि सारिएका छन । ‘पहिले बजार जान समस्या हुन्थो, अहिले ब्रम्हदेब बजारसम्म सडक विस्तार र यातायातका सवारी साधन संचालनमा आएसंगै सरर जाँन्छौँ, ‘उनले भने, ‘गाँउसम्मै बस, अटो, जिप आउँछन ।’ यातायातका साधन संचालनमा आएपछि दैनिक कामकाज, कृषि, व्यवसायका लागि समान ढुवानी गर्न सहज भएको उनले बताए । तीन निर्वाचनमा आईपुग्दा विकासले गति लिएको करनसिह ठगुन्नाले बताए । ‘०६४, ०७० को निर्वाचनबाट गाँउको विकास होईन बरु गाँउलाई विस्थापित गराउने कुचेष्टा गरियो, ‘उनले भने, ‘०७४ मा निर्वाचित तीन जना जनप्रतिनिधीले गाँउको विकासमा पहल गरेका छन ।’ यस अघिका निर्वाचनमा स्थानीयलाई आश्वासन मात्रै दिएको थियो, तर अहिलेको निर्वाचनमा जितेका स्थानीय सरकार(भीमदत्त नगर प्रमुख) सुरेन्द विष्ट, प्रदेश सभा सदस्य प्रकास रावल, प्रतिनिधी सभा सदस्य डा. दिपक प्रकास भट्टले बस्तीको विकासका लागि चासो दिएको बताए ।

स्थानीय अगुवा जित बहादुर बमले गाँउबस्तीको विकासका लागि हालका बर्षहरुमा थुप्रै प्रयास भएको बताउदै उनले योजना कार्यान्वयनमा जोडदिए । उनले ऐतिहासिक क्षेत्र भएकाले ५२ढोके दरबारको संरक्षणदेखि, विद्युतीकरण, खानेपानी, सिँचाई, आधारभूत विद्यालय, सडक सञ्जालको विस्तार भईरहेको बताए । ‘सदरमुकाम जोड्ने सडक बनेको छ, ‘उनले भने, ‘खोलामा पुल र स्तरोन्नती गर्नुपर्छ ।’ सरकारले सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बलको (बिओपी) स्थापना गरेपनि अपराध न्यूनिकरणका लागि नेपाल प्रहरीको चौकी स्थापना गर्नुपर्नेमा उनले जोडदिए । ‘गाँउको आर्थिक, समाजिक साँस्कृतिक विकासका लागि पूर्वाधारसंगै नागरिकलाई उत्पादनमुखी बनाउनुपर्छ, ‘उनले भने, ‘त्यसका लागि प्राविधिक तालिम एव सीपमुलक कार्यक्रम संचालन गर्नुपर्छ ।’ गाँउमा रहेको आधारभूत विद्यालयको स्तरबृद्धि र स्वास्थ्य चौकी, प्रहरी चौकी समेत विस्तारमा जोडदिए । भीमदत्त नगर प्रमुख सुरेन्द्र विष्टले चुनावमा गरेका प्रतिबद्धता अनुरुप गाँउको एकिकृत विकास गरिने बताए । निर्वाचन जितेकै दोस्रो बर्ष आर्थिक बर्ष २०७५÷०७६ गाँउसम्म सडक विस्तार गरेर यातायातका सवारी साधन संचालनमा ल्याएको बताए । ‘गाँउलाई सडक र यातायात सञ्जालले जोड्न सफल भएका छौँ, ‘उनले भने, ‘अझैपनि थुप्रै विकास अघि बढाँउछौँ ।’ संचारका लागि टावर निर्माणको कार्य सम्पन्न भईसकेकोे बताउँदै संचालनका लागि अन्तिम चरणमा रहेको बताए । आधारभूत विद्यालयलाई माध्यामिक, प्राविधिक शिक्षा र स्वास्थ्यका लागि स्वास्थ्य चौकी विस्तार गरिने बताए ।

महाकाली कोरिडोरसंगै थप भौतिक संरचना निर्माणका लागि पहल गरिने बताए । सो क्षेत्रमा पर्यटन विकासका लागि महाकाली नदीमा बोटिङ्गका लागि समेत सफल परिक्षण गरिएको बताउदै पर्यटकिय नगरको रुपमा विकास गरिने बताए । विद्युतीयकरण भईसकेको बताउँदै मेयर विष्टले घर घरमा जडानको कार्य बाँकी रहेको बताए । नागरिकलाई कृषि र उत्पादनसंग जोड्दै आत्मनिर्भर बनाईने बताए । चुरेफेद प्राकृतिक रुपमा सौन्दर्य रहेको बस्तीको एकिकृत दिगो विकासका लागि स्थानीय सरकारले सबै पहल गरिरहेको मेयर विष्टले बताए । प्रदेश सभा सदस्य प्रकास रावल र प्रतिनिधी सभा सदस्य डा. दिपक प्रकास भट्टले बस्तीको विकासका लागि योजना दिने प्रतिबद्धता जाहेर गरेका छन । सो क्षेत्रका नागरिक पनि विगत भन्दा हालका जनप्रतिनिधीसंग आशावादी रहेका छन ।

ताजा समाचार

This will close in 10 seconds