महाकाली अस्पतालबाट कोरोना संक्रमित निको हुँदै डिस्जार्ज


कञ्चनपुर ,

कोरोना सक्रमित बिरामी निको हुँदै महाकाली अस्पतालबाट डिस्चार्ज भईरहेका छ । कार्तिक दोस्रो सातासम्ममा ३५ जना भन्दा बढि संक्रमित निको भएर घर फर्किसकेका छन ।

महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी(बोक्सर)ले दुई साताको अवधिमा विभिन्न पालिकाका ३५ जना स्थानीय कोरोना जितेर घर फर्किएका छन । ‘दशौँ, अघि पछि जति आएका थिए, त्यति सबै कोरोना जितेर घर फर्किएका छन, ‘अध्यक्ष जोशीले भने, ‘अहिले चार जना मात्रै आईशोलेनमा उपचारार्थ छन ।’

महाकाली अस्पतालको आईसोलेशनमा हजार भन्दा बढि संक्रमित निको भएर घर फर्किएका छन । महाकाली अस्पताल कोरोना संक्रमितको उपचारका साथै अन्य रोगको उपचार गरेर बिरामीलाई निको बनाईरहेको छ ।


Loading Viewer...

ताजा समाचार

spot_img