दृष्ट्रिबिहिन महिला शिक्षक कोटा कायम गर्न माग

कञ्चनपुर ,
कञ्चनपुरमा दृष्ट्रिविहिन महिला शिक्षक राहत कोटा कायम गर्न माग गरिएको छ ।
राष्ट्रिय दृष्ट्रिविहिन संघ नेपालले कञ्चनपुरमा दृष्ट्रिविहिन महिला शिक्षक राहत कोटा कायम गर्न माग गरिएको हो । संघका पुर्व अध्यक्ष सल्लाहकार संयोजक एव अनेरास्ववियू क्रान्तिकारीका पूर्व केन्दीय सदस्य बलराम पन्तले एक प्रेस विज्ञप्ती जारी गर्दै दृष्ट्रिविहिन महिला शिक्षक राहत कोटा कायम गर्न माग अघि सारेका छन ।
दृष्ट्रिबिहिन महिला शिक्षक राहतकोटा समबन्धमा प्रतिवेदन कायम गरि दृष्ट्रिविहिन महिला शिक्षक राहतकोटा कायम गरिनुपर्ने, दृष्ट्रिविहिन अपाङ्गता भएका व्यक्तिको योग्यता र क्षमताका अधारमा प्रदेश र स्थानीय सरकारले सुदूरपश्चिम विश्वविद्यालय सहिले रोजगारी दिनुपर्ने माग अघि सारिएका छन । संघका पुर्व अध्यक्ष सल्लाहकार संयोजक एव अनेरास्ववियू क्रान्तिकारीका पूर्व केन्दीय सदस्य बलराम पन्तले हस्ताक्षर गरेको विज्ञप्तीमा माग आउँदो२ मंसिरसम्म पुरा नभए आमरण अनसनको चेतावनी दिएका छन ।

ताजा समाचार