तीन स्वास्थ्य शिबिरबाट साढे आठसय नागरिक लाभान्वित

मेयर गाँउघर विशेषज्ञ स्वास्थ्य शिबिर ,तीन शिबिरबाट साढे आठसय नागरिक लाभान्वित

कञ्चनपुर, 

भीमदत्त नगरपालिकाले ‘मेयर गाँउघर विशेषज्ञ स्वास्थ्य शिबिर’ अन्र्तरगत तीन शिबिरबाट साढे आठ सय नागरिक लाभान्वित भएका छन । ६ असोजदेखि भीमदत्त नगरपालिका ९ खल्लामछेट्टीबाट शुरु गरिएको विषेषज्ञ स्वास्थ्य शिबिरबाट ग्रामिण भेगका नागरिक लाभान्वित भएका हुन ।

नगरपालिकाले नगरका आधारभूत स्वास्थ्य सेवा विस्तार हुन नसकेका गाँउबस्तीमा विशेषज्ञ स्वास्थ्य शिबिर मार्फत नागरिकलाई गाँउमै स्वास्थ्य सेवा दिनका लागि शिबिर आयोजना गरिएको छ । भीमदत्त नगरपालिका स्वास्थ्य शाखाका अनुसार खल्लामछेट्टीमा २ सय ११, तिल्केनीमा ३ सय ३७ र तिलाचौरमा २ सय ८७ जनाले सेवा लिएका छन । उनीहरुको निःशुल्क उपचार तथा चेकजाँच गरिएको छ । नगरपालिकाले लकडाउन अघि र लकडाउनै विचमा संचालन गरेको निःशुल्क स्वास्थ्य शिबिर मार्फत ११ हजार नागरिकलाई स्वास्थ्य सेवा दिएको थियो ।

भीमदत्त नगरपालिका प्रमुख प्रशासकीय अधिकृत पुष्कर राज भट्टले खल्लामछेट्टी दुर्गम र विपन्न बस्ती जस्तै नगरका अन्य १० वस्ती गाँउमा निःशुल्क विशेषज्ञ सहित स्वास्थ्य शिबिर आयोजना गरिने बताए । ‘अहिले खल्लाबाट शुरुवात गरिएको स्वास्थ्य शिबिर नगरका अरु विपन्न र ग्रामीण बस्तीमा समेत संचालन गछौँ ।’ पहुँच नभएका नागरिकलाई स्वास्थ्य सेवाको मुल धारमा ल्याउनका लागि नगरपालिकाले ‘मेयर गाँउघर विशेषज्ञ स्वास्थ्य शिबिर आयोजना गरिएको प्रमुख प्रशासकीय अधिकृत भट्टले बताए । उनका अनुसार विशेषज्ञ चिकित्सक मार्फत चेकजाँच, निःशुल्क औषधी वितरण गरिएको छ । ‘शिबिरमा सेवा लिन अएका नागरिकलाई स्वास्थ्य परामर्सका साथै निःशुल्क औषधी गरेका छन् ।’ अल्ट्रासाउण्ड सहितको सेवा दिएको थियो । गाँउमै विशेषज्ञ चिकित्सकलाई आफ्ना समस्या राख्न पाएकोमा स्थानीय हर्षित भएका छन् । ‘हाम्रो गाँउमा सिटामोल समेत पाईदैन, ‘खल्लामछेट्टीकी धना लुहारले भनिन, ‘आज गाँउमै उपचार पाए ।’ पेटको समस्या भएकी धनाले आर्थिक अभावका कारण ठुला अस्पतालमा उपचार गर्न जान नसकेपनि गाँउमै परार्मस र औषधी पाएको बताईन् । टाउँको दुख्ने समस्या भएको स्थानीय मदन धामीले रकम अभावका कारण यस अघि ब्रम्हदेब स्वास्थ्य चौकीमा गएर औषधी खाँदै आएको बताए । ‘ब्रम्हदेब गएर औषधी खान्थे, ‘उनले भने, ‘आज गाँउमै शिबिर संचालन भएपछि त्यहीबाट औषधी खाईरहेको छु ।’

भीमदत्त नगरपालिका प्रमुख सुरेन्द्र विष्टले नगरपालिकाले स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेर विशेषज्ञ शिबिर मार्फत नागरिकलाई स्वास्थ्य राख्नका लागि अभियान थालिएको बताए । ‘यतिबेला कोरोना कहर चलेको छ, ‘मेयर विष्टले भने, ‘अन्य रोगको संक्रमणले कोरोना सक्रमण बढ्न सक्छ, त्यसैले स्वच्छ जिवनका लागि विशेषज्ञ सेवा विस्तार गरेका छौँ ।’ शिबिरमा गम्भिर प्रकृतिका बिरामीको थप उपचारका लागि नगरपालिकाले अस्पतालमा सिफारिस गरिने छ । मेयर विष्टले विकास पूर्वाधारसंगै जोडिएको गाँउमा थप विकासका योजना अघि बढाउने प्रतिबद्धता जाहेर गरे । शिबिर कार्तिकसम्म संचालन हुने छ ।

ताजा समाचार