पछिल्लो समयको आलोचित दशै

माओबादी शसस्त्र बिद्रोह पछि देशमा आएको राजनीतिक परिबर्तन सगै सामाजमा आएको एक प्रकारको क्रान्तिकारी चेतनाले समाजमा ब्याप्त अनेक बिषयबस्तुमा व्यापक बहस र नयाँ बिचारले स्थान पाउन थालेको छ । त्यसैको निरन्तरता स्वरुप प्रायः जसो धेरै नेपालिले हरेक बर्ष आश्विन शुक्ल प्रतिपदा देखि पुर्णिमा सम्म मनाइने दशै माथि पनि पछिल्लो समय प्रश्न चिन्ह खडा हुने गरेको छ ।

दशंै आर्थिक दृष्टिकोणले, जातिय दृष्टिकोणले, धार्मिक दृष्टिकोणले आलोचना हु“दै गर्दा कतिपयले यस्लाइ पुर्णतः नश्लिय स्वरुप दिदै निन्दा गर्दै गर्दा कता कता सामाजिक एकताको प्रतिकको रुपमा रहेको दशैबाट नै सामाजिक एकताको सट्टा सामाजिक वैमनस्यता त पैदा गर्ने हैन कि भन्ने त्रास एक तिर छ । अस्थिर राजनीतिक अबस्थाको कारण धेरै जसो राजनीतिक ब्यक्ती र जातिय धार्मिक संघसंगठनले पनि यसैलाइ प्रयोग गरि आफ्नो राजनीतिक यात्रामा पाइला चाल्ने कुचेस्ठा समेत गरेको पाइन्छ ।

बलि, हिंसा र हत्या जस्ता कपोकल्पित बिषयबस्तुलाई धर्मस“ग जोडेर अल्पज्ञानका कुराहरु र सामाजिक सन्जालमा आउने हल्का टीका टिप्पणीले दशैको महानता र मिलेको समाजमा नै एक किसिमको दरार निर्माण गरेको छ।
समाजका नकारात्मक कुराहरुमा बैचारिक बहसको शुरूवात हुनु नराम्रो कुरा हैन । आस्था र बिश्वास नै मानिसको सन्तुष्टिको सबै भन्दा बलियो साधन हो। कसैले कुनै धार्मिक आस्थालाइ मानेर उस्को पम्परालाइ निरन्तरता दिन्छ भने त्यो उस्को अधिकारको कुरा हुन आउछ । पछिल्लो समय बलिलाइ लिएर फरक धर्मकाले यस्को कटु आलोचना गरि फाइदा लिरहेका छन । हिन्दु धर्म भित्रकाले नै हिन्सा भनेर यस्को घोर निन्दा गरि बिरोध गरिरहेका छन। जस्को प्रत्यक्ष असर दशैमान्ने अधिकान्श हिन्दु धर्मावलम्बीलेलाई परेको छ ।

अझ कतिपय ठाउमा हिन्दु धर्मलाइ नै होच्याउने र तल्लो स्तरका परम्परा, धर्म, संस्कृतिका नीति नियम र मुल्य मान्यता भएको भन्दै सामाजिक सद्भाव खलबल्याउन प्रयासरत समूह नि बलियो हु“दै आएकोले दशैको महत्व र दशै केन्द्रित भएर राज्यले दिदै आएको सुबिधामाथी समेत कटु आलोचना गर्ने बढेका छन।
धार्मिक आस्था यति बलियो हुन्छ कि जसबाट पुगेको क्षेती कुनै एक जमातले चुक्ता गर्न सक्ने अबस्था रहन्न ।

ताजा समाचार

This will close in 10 seconds