वैज्ञानिक वन व्यवस्थापनको कार्यक्रम शुचारु गर्न मुख्यमन्त्री मार्फत प्रधानमन्त्रीलाई ज्ञापन

वैज्ञानिक वन व्यवस्थापन लागु भएका सामुदायिक वनले वैज्ञानिक वन व्यवस्थापनको कार्यक्रमलाई शुचारु गर्न माग अघि सारेर मुख्यमन्त्री मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाईएको छ । शुक्रबार कञ्चनपुरका १२ सामुदायिक वनले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन प्रशाद भट्ट मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाईएको छ । वैज्ञानिक वन व्यवस्थापन लागु भएका सामुदायिक वनमा कामकाज रोक्दा काटिएको काठ चोरी डकैती हुने भएकाले त्यसको समेत उचित व्यवस्थापनको माग अघि सारिएको छ ।
प्राकृतिक उप समितिले पूर्वाग्रही ढङगबाट सरकारलाई प्रतिवेदन बुझाएको खारेजीको माग समेत गरिएको छ । पुर्वाग्रही रुपमा बनाईएको प्रतिवेदन खारेजी गरिनुपर्ने । दिगो वन व्यवस्थान मार्फत प्राकृतिक स्रोत साधनको सदुपयोग गर्दै वनमा आत्मनिभर भईरहेको परिवेक्षमा केही वन माफिया डलरबादी समुहको उस्काहटका लागेर सरकारले समेत वैज्ञानिक वन व्यवस्थापनमा ंबाधा उत्पन्न गरेको जनाईएको छ ।
ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री भट्टले वैज्ञानिक वन व्यवस्थापन लागु भएका सामुदायिक वनले अघि सारेका माग प्रधानमन्त्रीसम्म पु¥याउने प्रतिबद्धता जाहेर गरेका छन । सामुदायिक वनका पदाधिकारीले अघि सारिएका माग सम्बोधन नगरि आन्दोलनको चेतावनी दिएका छन ।

ताजा समाचार