प्रमुख जिल्ला अधिकारी लाई ध्यानाकर्षण पत्र

सिट क्षमता भन्दा बढी र दोब्बर भाडा यात्रु बाट लिने गरेको भन्दै वैजनाथ टोल विकास संस्थाले प्रमुख जिल्ला अधिकारी लाई ध्यानाकर्षण पत्र

कञ्चनपुर ,

 महेन्द्रनगर स्थित मदन चोक देखि झोलुङ्गे पुल सडक खण्डमा चल्ने अटाे रिक्साहरुमा यात्रुहरुले दोब्बर भाडा तिर्नु परेको भन्दै भिमदत्त नगरपालिका १३ न.वडा अन्तर्गत पर्ने वैजनाथ टोल विकास संस्थाले प्रमुख जिल्ला अधिकारी लाई ध्यानाकर्षण पत्र बुझाएका छन ।

महेन्द्रनगरको मदन चोक देखि झोलुङ्गे पुल सम्मको करिब १० कि.मि को दुरिमा प्रती सवारी रु.५० का दरले नियमानुसार निर्धारण गरिएको भाडादरलाई लकडाउनको बाहाना गर्दै अटाे ब्यवसायीहरुको मनोमानी रुपमा प्रती सवारी रु.१०० लिइरहेका बन्दै ध्यानाकर्षण पत्र बुझाएको हो। पुरानै अटाे भाडादरलाई कायम गर्न माग गर्दै सिट संख्या भन्दा बढी यात्रु बोकेर दुर्घटनाको जोखिम बढेकाले सो समस्याको समाधान गर्न वैजनाथ टोल विकास संस्थाको निर्णय सहित अध्यक्ष महेश भट्टले जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएका हुन। अध्यक्ष भट्टका अनुसार “अटाे ब्यवसायीहरुले लकडाउनको बहानामा यात्रुहरुबाट चर्को भाडा लिनु सरासर गलत हो ,समस्याको समाधानका लागि ५ दिन भित्र कुनै पहल नभए थप शसक्त ढंगले अगाडि बढ्ने छौं । “उक्त चोक देखि झोलुङ्गे पुलसम्म चल्ने अटाेमा दैनिक सयौंको संख्यामा यात्रु सवार हुँदै आएका छन ।

टोल विकास संस्थाको ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी राम कुमार महतो ले भने,”समस्याका बारेमा थप बुझेर आवश्यक समाधान तर्फ जोड दिन्छौं ।” यसरी सिट क्षमता बन्दा बढी यात्रु ओसारपसार गर्दा दुर्घटना बढ्ने खतरा त छदैछ ,त्यसैमा दोब्बर भाडादरले यात्रुले सास्ती भोग्दै आएका छन् । यसमा कञ्चनपुर ट्राफिक प्रहरी पछिल्लो अवस्थामा सुस्त देखिएको स्थानीयको गुनासो रहेको छ।

ताजा समाचार