बेलडाँडीका युवाद्वारा ब्रह्रमा युपिभिसी उद्योग

 अहिलेको आवश्यकता लाई मध्यनजर गर्दै महेन्द्रनगरमा ब्रह्रमा एस एन डि युपिभिसी उद्योगको उद्धघाटन गरिएको छ।

 कञ्चनपुर,
कञ्चनपुरको दक्षिण क्षेत्र बेलडाँडीका एक युवाले महेन्द्रनगरमा ब्रह्रमा उद्योग खोलेका छन । समाजसेवि समेत रहेका बेलडाँडी गाँउपालिका वडा न.१ का युवा दिनेश सुनारले ब्रह्रमा एस एन डि युपिभिसी उद्योग संचालनमा ल्याएका हुन ।
बुधबार एक कार्यक्रमका विच प्रतिनिधी सभा सदस्य डा.दिपक प्रकास भट्टले उद्घाटन गर्दैै युवाबाट स्थापना गरिएको उद्योगबाट रोजगारी एव समाजको आवश्यकता अनुरुप आपूर्तिमा जोडदिए । युवा व्यवसायी सुनारले भीमदत्त नगरपालिका वडा न.६ सिवमन्दिर नजिकै बजारको माग र आवश्यकता अनुरुप उद्योग संचालनमा ल्याएका हुन ।
विश्वव्यापी रुपमा फैलिएको महामारी कोभिड-१९ कोरोना भाइरसको विषम परिस्थितिमा पनि युवाहरुले आफ्नै गाउँ ठाउँमा केहि न केही गर्नु पर्छ भन्ने मुल आसयका साथ दिनप्रतिदिन मानिसको लागि नभई नहुने आधारभूत आवश्यकता भित्र आवास पर्ने हुँदा त्यसको निर्माणका लागि काठको निकै महत्व हुँदै गरेको र अहिलेको परिवेशमा निकै काठ अभाव हुने हुँदा अब त्यो अभाव नभई बाताबरण संरक्षणका साथै आधुनिक नयाँ प्रविधि युपिभिसी बाट निर्मित झ्याल ,ढोका तथा पार्टिसन निर्माण समेत गरिने गरि उद्योग संचालनमा ल्याएको संचालक सुनारले बताए ।
सुदूरपश्चिमका नौ वटै जिल्ला लाई लक्षित गर्दै माग अनुसार सम्पुर्ण डिजाइनका युपिभिसी बाट निर्मित सामग्री पुगाउने सामर्थ्य र क्षमता भएर नै उद्योग संचालनमा ल्याएको उनले बताउनु भो। अहिले पाँच जना युवालाई रोजगारी समेत दिएको र आगामी दिनमा पनि थप जनशक्ति पढाउने उनको भनाई रहेको छ। पछिल्लो समयमा यसको माग बढ्नुका साथै आलमुनियम र काठ निकै सस्तो , किरा धमिरो नलाग्ने,बाङ्गो,टिङ्गो त्रीपट कहिल्यै नहुने, मिस्त्रीको झन्झट नहुने,कुनै पनि तापक्रममा केही फरक नपर्ने,ए.सि राख्नका लागि सबै भन्दा उपयुक्त हुने,घामपानीमा केही नहुने,आगोले नटिप्ने ,बाहिर आवाज नछिर्ने ,रङ्ग रोगन गर्न नपर्ने र सफा गर्न झन्झट समेत नहुने लगायतका युपिभिसिका विशेषता रहेका छन् ।
यि हुन युपिभिसिका विशेषताहरु   

पछिल्लो समयमा यसको माग बढ्नुका साथै आलमुनियम र काठ भन्दा निकै सस्तो ,किरा धमिरो नलाग्ने,बाङ्गो,टिङ्गो त्रीपट कहिल्यै नहुने, मिस्त्रीको झन्झट नहुने,कुनै पनि तापक्रममा केही फरक नपर्ने,ए.सि राख्नका लागि सबै भन्दा उपयुक्त हुने,घामपानीमा केही नहुने,आगोले नटिप्ने ,बाहिर आवाज नछिर्ने ,रङ्ग रोगन गर्न नपर्ने र सफा गर्न झन्झट समेत नहुने लगायतका युपिभिसिका विशेषता रहेका छन् ।

ताजा समाचार