जिल्ला प्रशासनका अत्यावश्यक बाहेकका सबै सेवा बन्द


कञ्चनपुर,

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको छ ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा कार्यरत एक जना कर्मचारीमा कोभिड- १९ को संक्रमण देखिएको हुँदा सम्पर्कमा रहेका अन्य कर्मचारीहरुको कोरोना परीक्षणको लागि स्वाब संकलन गरि रिपोर्ट नआएसम्मन बुधबारबाट नियमित सेवा प्रवाह बन्द गरिएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी राम कुमार महतोले बताएका छ्न् ।

यो विषम परिस्थितिमा शान्ति सुरक्षा, ठाडो उजुरी र मुद्दा सम्बन्धी अत्यावश्यक सेवा बाहेकका सम्पूर्ण सेवा अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको हो। साथै, अत्यावश्यक सेवा लिन आउँदा स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न समेत कञ्चनपुर प्रशासनले सम्बन्धित सबैलाई अनुरोध गरेको छ ।


Loading Viewer...

ताजा समाचार

spot_img