कञ्चनपुरमा अपराध बढ्दै ,लागु औषध सहित ४ जना पक्राउ

कञ्चनपुर,
कञ्चनपुरमा दिनप्रतिदिन अपराधका क्रियाकलाप बढ्नुका साथै लागु औषध सहित चार जना पक्राउ परेका छन्। भारतबाट लुकाइ छिपाइ नेपाल भित्र्याइरहेको अवस्थामा जिल्लाको दक्षिणी क्षेत्र पुर्नवास नगरपालिका बाट ४४ ग्राम खेरौ हिरोइन सहित चार जना पक्राउ परेका हुन।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दे पुर्नवास नगरपालिका -४ “घ” गाउँ घर भएका २८ वर्षीय दिनेश भट्ट, बेलौरी नगरपालिका वडा नम्बर १ पटैयाका २८ वर्षीय रमेश रावत, सोही ठाउँका २८ वर्षीय गगन शाही र २७ वर्षीय रोशन शाहीलाई सार्वजनिक गरेको हो।
उनीहरूको साथबाट दुई मोटरसाइकल पनि नियन्त्रणमा लिई थप कारबाही प्रक्रिया अगाडी बढाइएको प्रहरी प्रवक्ता एवं डिएसपी अमर बहादुर थापा क्षेत्रीले बताउनु भो।

ताजा समाचार