खोलामा च्यापेर हत्या गर्ने अभियुक्त सार्वजनिक

कञ्चनपुर,
 केही दिन अगाडि कञ्चनपुरमा भाउजू लाई खोलामा चोपेर मार्ने अभियुक्त लाई सार्वजनिक गरिएका छ। अनुसन्धानका क्रममा जिल्लाको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ८ का मानसिंह खुनाले १५ मिनेट भाउजू काली देवी खुनाको खोलामा घाटी च्यापेर मारेको खुल्नमा आएको कञ्चनपुर प्रहरीले जनाएको हो।
पत्रकार सम्मेलनको आयोजना गर्दे आइतबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले असोज २७ गते बलात्कार पछि हत्या गरिएको भनिएकी ३५ वर्षीय काली देवी खुनाको गाउकै सुनबरा खोलामा माछा मार्न गएको मौका छोपी देवरले १५–२० मिनेट खोलामा घाटी चेप्दा मृत्यु भएको जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डिएसपी अमर बहादुर थापा क्षेत्रीले २४ वर्षीय भतिजा खुनाले हत्या गरेको अनुसन्धानका क्रममा खुल्नमा आएको बताए। खुनालाइ पक्राउ गरी अदालतबाट १० दिन म्याद थप गरी अनुसन्धान भइरहेको उनले बताए। उनले भने यसरी दिन प्रतिदिन समाजमा अपराधका घटना बढ्दै गएकाले र नजिकै गरेको हिन्दुहरुको महान चाड विजया दशमी तथा तिहार लाई मध्यनजर गर्दै सुरक्षा व्यवस्थापनमा कडाई गरीएको छ।

ताजा समाचार