कञ्चनपुरमा बाबु्छोरामा कोरोना पुष्ट

कञ्चनपुर,
कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडीमा बाबुछोरामा कोरोना देखिएको छ । बेलडाँडी गाँउपालिका वडा न-४ का दुई जना पुरुषमा कोरोना देखिएको हो ।
सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा ६६ बर्षिया बृद्ध र उनका ४० बर्षिया छोरामा कोरोना देखिएको बेलडाँडी गाँउपालिका स्वास्थ्य शाखाले जनाएको छ । स्वास्थ्य शाखाका प्रमुख माधवानन्द भट्टले कोरोना देखिएका दुवै बाबुछोराको आईलेशनमा राखिएको बताए । उनीहरुको अवस्था समान्य रहेको छ । आइतबार बेलडाँडीका बाबुछोरा संगै १० जनामा कोरोना देखिएको छ ।
शनिबार कञ्चनपुरमा ९ जनामा कोरोना देखिएको छ । बेलौरी, भीमदत्त, पुर्नवास सहितका स्थानीय तहका नागरिकमा कोरोना देखिएको हो । कोरोना देखिएका बेलौरीका २६ बर्षिया युवकको सेती प्रादेशिक अस्पतालको आईसोलेशनमा उपचार भईरहेको बेलौरी नगरपालिका कोडिभ – १९ संयोजक मान बहादुर चन्दले बताए । संयोजक चन्दले मौषम परिर्वतनसंगै रुघाखोकी लाग्ने स्वास्थप्रति सचेत नभए कोरोना जोखिम बढ्ने बताए ।

ताजा समाचार