कञ्चनपुरमा दशैँ, तिहार सुरक्षा योजना लागु

सीमा क्षेत्रदेखि गाँउ शहरका टोलसम्म सुरक्षाकर्मी परिचालन 

कञ्चनपुर
कञ्चनपुरमा दशैँ, तिहार र छठ तीनै चाडवार्डलाई लक्षित गरेर सुरक्षा योजना लागु गरिएको छ । जिल्ला प्रशासनमा बसेको जिल्ला सुरक्षा समितिको बैठकबाट पारित गरिएको दशौँ, तिहार र छठ सुरक्षा योजना लागु गरिएको हो ।
कञ्चनपुर प्रहरीले जिल्लामा सुरक्षा योजना लागु भएको जनाएको छ ।

 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले आइतबार पत्रकार सम्मेलन गर्दै दशैँ, तिहार सुरक्षा योजना लागु भएको जनाएको हो । कञ्चनपुरका प्रहरी प्रमुख मुकुन्द मरासिनीले चाडवार्डका बेला हुनसक्ने सम्भावित घटना रोकथामका लागि सुरक्षा योजना अघि सारेको बताए । यस बर्ष कोरोना कहरसंगै नागरिकको जिउधनको सुरक्षाका लागि थप सुरक्षा योजना ल्याईएको छ ।
कञ्चनपुरमा सीमा क्षेत्रदेखि गाँउ, शहर, बस्ती टोल टोलसम्म सुरक्षाकर्मी परिचालन हुने छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख मरासिनीले अन्य सुरक्षा निकायसंगै ७ सय नेपाल प्रहरी परिचालन हुने बताए । ‘आर्मीको पनि आफ्नै पर्पोमेन्स छ, ‘मरासिनीले भने, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान सबै सुरक्षा निकाय परिचालन हुन्छौँ ।’ संयुक्त सुरक्षा योजना कार्यान्वन गरेर नागरिकको सुरक्षा गरिने उनले बताए । सम्भावित घटना बढ्न नदिएका लागि प्रहरीले जिल्लामा ६६ स्थानमा सर्पराज चेकिङ्ग गर्ने बताए । हालसम्म प्रहरीले तीन सय सवारी साधन कार्बाहीको दायरमा ल्याएको छ ।

सार्वजनिक मठमन्दिरमा अनावश्यक भिडभाँड रोकिने छ, मदिरा सेवन गरेर होहल्ला गर्ने, जुवातास खेल्ने, खेलाउने र गैर कानुनी गतिबिधी गर्नेमाथि कार्बाही गरिने कञ्चनपुर प्रहरी प्रमुख मरासिनीले बताए । ‘अवैध गतिबिधी रोक्छौँ, ‘उनले भने, ‘यसमा जनताको साथ सर्मथन चाहिन्छ ।’ नागरिकले समेत यस बर्ष कोरोन कहरसंगै सयमित भएर दशैँ, तिहार मनाउन उनले आग्रह गरे । मदिरा सेवनका कारण सवारी हाक्ने प्रवृति रोक्नका लागि राजमार्ग सहितका स्थानमा दिनमा तीन पटक चेकजाँच गरिने छ ।

ताजा समाचार

This will close in 10 seconds