बैजनाथ टोल विकासको अध्यक्षमा युवा समाजसेवी भट्ट सर्वसम्मत चयन

भीमदत्त नगरपालिका १३ नं.वडा अन्तर्गत रहेको बैजनाथ टोल विकास संस्था को अध्यक्षमा युवा नेता तथा समाजसेवी महेश भट्ट सर्वसम्मत चयन भएका छन । राम बहादुर बोहरा अध्यक्ष रहेको पुर्व समितिको कार्यकालको अवधि सकिएकोले असोज २७ गतेको भेला बाट टोल विकास संस्थाको पुर्न गठन गरिको हो। नयाँ कार्यसमितीको आयोजनामा असोज २९ गते पुरानो कार्य समितिका पदाधिकारीहरुलाई एक कार्यक्रमका साथ बिदाई गरिएको छ ।

संस्थाका अध्यक्ष महेश भट्ट को अध्यक्षतामा गरिएको सो कार्यक्रममा वडाध्यक्ष लाल बहादुर शाही,बिशिष्ट अतिथिहरुमा सौगात इङ्लिश मिडियम स्कुल पिपरैया का प्रिन्सिपल केशव दत्त भट्ट,बैजनाथ मन्दिर संरक्षण तथा सम्बर्द्धन समिती का अध्यक्ष दुर्गा दत्त भट्ट ,संस्थाका पुर्व अध्यक्ष राम बहादुर बोहरा र बैजनाथ उपभोक्ता समिति अध्यक्ष दिपक बुढा,बैजनाथ विद्या निकेतन आ.वि.का विद्यालय ब्यवस्थापन समिति अध्यक्ष छत्र बहादुर देउवा,द युथ किङ क्लब सदस्य विवेक ठगुन्ना,स्वास्थ्य स्वयंसेविका बसन्ती खड्का र तारा लुहार,समाजसेवी नन्दराम पन्त,विष्णु सिंह कुँवर ,गोवर्धन भट्ट ,झोलुङ्गे प्रहरी चौकी प्रतिनिधि लगायत टोल बासीहरुको उपस्तिथि रहेको थियो ।

संस्थाका सचिव भवानी दत्त भट्टले संचालन गरेको कार्यक्रममा बोल्दै पुर्व अध्यक्ष बोहरा ले पदबाट बाहिरिए पनि टोलका लागि आफ्नो सहयोग निरन्तर रहि रहने बताउनु भयो । वडाध्यक्ष शाही ले वडा अन्तर्गत रहेको आधिकारिक संस्था भएकोले आफू सहयोगका लागि पछि नपर्ने प्रतिबद्धता गरे । अध्यक्ष महेश भट्ट ले भने”टोलको विकास,समृद्धि र सकारात्मक परिवर्तन का लागि सबैसंग निरन्तर सम्पर्क,समन्वय र सहकार्य गरेर टोलबासीहरुको आफू र आफ्नो नेतृत्वप्रतीको बिश्वास टुट्न नदिने र युवाहरु दिनानुदिन बिकृती,विसङ्गती तथा कुलतमा फसि रहेको हुँदा युवाहरुको नेतृत्व विकास र खेलकुद का लागि आफ्नो पहल रहने छ ।”

अध्यक्ष भट्टले भने। उनी टोलबिकास समितिका पुर्व सचिब समेत रहेका थिए। टोल बिकास संस्थाको कार्यकाल २ वर्ष को हुने ब्यवस्था रहेको छ । भने अहिलेको नयाँ कार्य समितिमा उपाध्यक्ष टेक चुदारो,सचिव भवानी दत्त भट्ट ,कोषाध्यक्ष हिरा देवी भट्ट,सदस्यमा राम सिंह सुनाहा,ललिता देवी बोहरा र खण्टि चदारो गरि रहेका छन् ।

ताजा समाचार

This will close in 10 seconds