सुदूरपश्चिममा मनकामना युवा क्लबले फुटबल बिकासमा फड्को मार्दै

कैलाली

सुदूरपश्चिम प्रदेश कैलाली जिल्लामा रहेको मनकामना युवा क्लबले एका-एक फुटबल बिकासमा फड्को मार्दै गरेको छ। विश्व नै त्रसित बनेको बेलामा एउटा साहसका साथ धनगढी उपमहानगरपालिका वडा न.१२ मा रहेको मनकामना युवा क्लबका पुर्ब खेलाडी (भेट्रान) हरुलाई पनि फुटबलको माध्यम बाट क्लब संग जोड्ने उद्देश्य अनुरुप तयार गरिएको मनकामना भेट्रान फुटबल टिमलाई क्लबको समन्वयमा र शुभचिन्तकहरुको सहयोगमा नेपाल टिमको क्याल्मी बरान्डेको २३ थान ट्राक्सुट वडा न.१२ का वडा अध्यक्ष गणेश प्रसाद जोशी र क्लबका संस्थापक अध्यक्ष वीर बहादुर तामाङ मार्फत क्लबको कार्यलयमा एक कार्यक्रमका साथ बितरण गरियो कैलाली जिल्ला फुटबल संघका कोषाध्यक्ष एवम् उक्त क्लबका अध्यक्ष डबल बहादुर थापाले बताउनु भएको छ।

विश्वव्यापी रुपमा फैलिएको महामारी कोरोना भाइरसको विषम परिस्थितिमा आफ्नै खेलमैदानमा महिला र पुरुष फुटबल टिम,भेट्रान टिम का साथै ग्रासरुट फुटबल लाई विशेष प्रशिक्षण लाई विशेष जोड दिदै आएका र यो संगै फुटबल लाई मात्र नभई खेलकुद जगतलाई मध्यनजर गर्दै भलिबल र क्रीकेट लाई पनि विशेष जोड दिएको छौं ।

क्लबका अध्यक्ष थापाले बताए। उक्त क्लबले फुटबल बिकासमा निकै अहम भुमिका खेल्दै आएको छ। यसरी क्लब प्रतिको माया सदभा देखाउनु हुने सम्पुर्ण लाई र यस कार्यलाई सफल बनाउन सहयोग गर्नुहुने सम्पुर्ण लाई क्लबका परिवारले हार्दिक आभार समेत दिएका छन।

ताजा समाचार