उजाड सिस्ने क्षेत्र संरक्षणमा परिणत कोरिडोर सुरक्षित भएपछि हात्तीले सिस्नेमा बच्चा जन्मायो

कञ्चनपुर

कञ्चनपुरको चुरेसंगै जोडिएको सिस्ने वनक्षेत्र कुनैबेला उजाड जंगल थियो । चुरेबाट तराईको फाँट र तराईका फाँटबाट चुरेतर्फ हेर्दा वन उजाड मात्र होईन यो वन हो कि होईज जस्तै देखिन्यो । ०५७ सालदेखि सामुदायिक वनको अवधारणा आयो । राष्ट्रिय वन क्षेत्र धमाधम सामुदायिक वनमा परिणत हुँदा कृष्णपुर नगरपालिका २ सिस्ने वन क्षेत्र सामुदायिक वनमा परिणत भयो । मुक्त कमैया समुदायले जनहित महाकाली सामुदायिक वन मार्फत सरक्षणमा जुटे । साहुबाट ऋण लिएर ब्याज मार्फत मालिकको घरमा हलो जत्दै आएका मुक्त कमैयालाई सो क्षेत्रमा ० ५७ सालमै पूर्नस्थापना गरेको थियो । मुक्त कमैयालाई नै सामुदायिक वनको नेतृत्व र संरक्षणको जिम्मा लगाएपछि उजाड सिस्ने क्षेत्र संरक्षणमा परिणत भएको यो जोलन्त उदाहरण हो ।

झण्डै दुई दशक(बिस) बर्षमा सिस्ने क्षेत्र संरक्षण मात्र नभई वन्यजन्तुको उचित बासस्थान हुन थालेको छ । जनहित महाकाmी सामुदायिक वनका अध्यक्ष हरिराम डगौराले सामुदायिक वन क्षेत्रमा पाठेबाघ, हात्ती लगायतमा ठुला तथा साना विभिन्न प्रजातिका जनावरको आउजाउ बढेको बताए । ‘पहिले मुस्किलले बाँदर पनि थिएनन, ‘उनले भने, ‘संरक्षणका कार्यक्रममा स्थानीय जुटेपछि वनमा हात्ती समेत बच्चा जन्माएको छ ।’ अध्यक्ष डगौराका अनुसार बथानमा आएको हात्तीको समुह मध्ये एक अधबैशे हात्तीले २२ असोज बिहान तिर बच्चा जन्माएको छ । ‘हात्तीको बच्चा नालामा फसेको थियो, ‘उनले भने, ‘केही छिनपछि सबै हात्ती आएर नालाबाट बच्चाको उद्दार ग¥यो ।’

सामुदायिक वन समन्वय समितिका अध्यक्ष शिवदत्त पन्तले संरक्षणकै उपज सिस्ने क्षेत्रमा हात्तीको आउजाउ बढेको बताए । ‘यो हात्तीको चुरे करिडोर नै हो, ‘अध्यक्ष अवस्थीले भने, ‘विचमा पर्ने सिस्ने क्षेत्रमा हात्तीले बच्चा जन्माएपछि संरक्षणको उचाई बढेको छ ।’ आगामी बर्ष २२ असोजमा हात्ती दिवस समेत मनाईने उनले घोषणा गरे । हात्तीको आहारा वनमा पाईन थालेपछि वनमा वन्यजन्तुको बासस्थान बढेको बताए । सिस्ने क्षेत्रमा लोपोन्मुख विजयशाल लगायतका प्रजाति पूर्नरुत्पादन भईरहेका छन् । चरिचरन बन्द, चोरी तस्करी नियन्त्रणसंगै वन क्षेत्र संरक्षण हुन थालेको छ । डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख अजय विक्रम मानन्धरले नागरिक स्तरबाट वन संरक्षण भएसंगै हात्तीले बच्चा जन्माउने वातावरण सिर्जना भएको बताए ।

‘यो क्षेत्रमा वन्यजन्तुको राम्रो बासस्थान बनाईयो, ‘उनले भने, ‘विश्वभरी नेपाललाई चिनाउनुपर्छ ।’ सुदूरपश्चिम प्रदेश क्षेत्रीय वन निर्देशक हेमराज विष्टले वन्यजन्तुका लागि गरिएको न्यायोचित व्यवहारका कारण हात्तीले यसै वन क्षेत्रमा बच्चा जन्माएको हुनसक्ने बताए । ‘वन संरक्षण भयो, वन्यजन्तुलाई सुरक्षित आवासको अभास भयो, त्यही भएर वन्यजन्तुको उपस्थिति बढ्यो ।’ नेपालमा इको टुरिज्मको बढि सम्भावना भएकाले यस्ता कार्यबाट सरोकारवाला थप संरक्षणमा जुटेको पुष्टी हुने बताए । कृष्णपुर नगरका प्रमुख कर्ण हमालले हात्तीले बच्चा जन्माएको विषयबाट नगरपालिका गौरबान्वित भएको बताए । ‘कृष्णपुर नगरकै सामुदायिक वन क्षेत्रमा हात्तीले बच्चा जन्मायो, यो खुसीको विषय हो, ‘मेयर हमालले भने, ‘जब यहाँ संरक्षण भयो, त पो हात्तीले समेत बच्चा जन्मायो ।’ सुुदूरपश्चिम प्रदेश सभा सदस्य एव अर्थ विकास तथा प्राकृतिक स्रोत समितिका सदस्य महेश दत्त जोशीले वन संरक्षण हुदै गएपछि वन्यजन्तुको बासस्थान बनिरहेको बताए ।

‘यो क्षेत्र कुनै बेला संरक्षण अभावमा जंगल टुहुरो थियो, ‘उनले भने, ‘जनस्तरबाट वन संरक्षण हुन थालेपछि वनमा वन्यजन्तुको आवागमन बढ्यो ।’ धेरै लामो समयपछि जंगली हात्तीले यसै क्षेत्रमा पुगेर बच्चा जन्माउने विषय संरक्षण क्षेत्रका लागि महत्व राख्ने उनले बताए । मानव समुदायकै अस्थितवका लागि वन्यजन्तु, जैविक विविधकता संरक्षण आवश्यक रहेको भन्दै स्थानीयकै प्रयासबाट कृष्णपुर सिस्ने क्षेत्रमा वन हात्तिले बच्चा जन्माएको बताए । ‘केही समय अघि सो वन क्षेत्र उजाडभूमि जस्तै थियो, ‘उनले भने, ‘लोपोन्मुख विजयशाल संरक्षण भएको छ ।’ वन संरक्षण भएसंगै वन्यजन्तुको समेत वनमा बढोत्तरी भईरहेको बताए । वनको बहुसदुपयोग गर्दै वनलाई खेती प्रणालीमा लैजानुपर्ने बताउदै उनले वनमा श्रम, लगानी आवश्यक रहेको औल्याउँदै वन र वन्यजन्तुको द्वन्द्व न्यूनिरण गर्नुपर्नेमा जोडदिए ।

ताजा समाचार