तस्करका मोवाईल स्क्रिनगार्ड सशस्त्र प्रहरी फन्दामा

कञ्चनपुर
कोरोना कहरको मौकाछोपी तस्करले भारतबाट चोरी तस्करी गरि ल्याईएका मोबाईलका स्क्रिनगार्ड सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । भन्सार नकाटेर अवैध रुपमा भारतबाट ल्याईएको झण्डै तीन हजार थान मोबाईलका स्क्रिनगार्ड कञ्चनपुरको सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो ।
सशस्त्र प्रहरी बल ३५ नम्बर गण अन्र्तरगतको दोदा बोर्डर आउट पोष्टका सशस्त्र प्रहरी बरिष्ठ हबल्दर भानसिह भाट कमाण्डको टोलीले पुनर्वास नगरपालिका १० विकास बस्तीबाट अवैध रुपमा नेपाल भित्र्राउँदै गर्दा मोवाईलका स्क्रिनगार्ड बरामद गरेको छ । सशस्त्र प्रहरी बल ३५ नम्बर गणका गणपति बिरेन्द ऐरले दुई हजार ९ सय ३० पिस बोकेर ल्याउँदै गर्दा सशस्त्र प्रहरीले टोली देखेपछि तस्करले समान छाडेर भागेको बताए । तस्करले अवैध मार्ग प्रयोग गर्दै आएका समान सशस्त्र प्रहरीले नियन्त्रणमा लिएपछि तस्करको गलतधन्दाबाट रकम कमाउने सपना कचनाचुर भएको छ ।
बरामद गरिएका दुई लाख ९० हजार बराबरका मोबाईल स्क्रिनगार्ड कैलाली भन्सार बुझाईएको छ । सशस्त्र प्रहरीले यस्तै गरि अवैध समान सहित तस्करपनि नियन्त्रणमा लिएर कार्बाही गर्नुपर्ने स्थानीयले माग अघि सारेका छन् । भन्सार हुँदाहुँदै तस्करले गलतबाटो प्रयोग गरेर राजस्व छली गर्दै ठगिरहेको भन्दै स्थानीयले यस्ता गलत तत्वमाथि कडा कानुनी कार्बाहीको माग समेत गर्र्दै आएका छ् । समान मात्रै बरामद हुँदा तस्करले पुनः तस्करी गर्ने, नाका परिर्वतन गर्दै सीमा क्षर््ोत्रमा रहेका सुरक्षाकर्मीलाई छल्दै वा फकाउँदै तस्करी गर्ने भएकाले तस्करी गर्न प्रयोग भएका मानिस सहित पक्राउ गरि कार्बाही गरिए तस्करी रोकिने स्थानीयको सुझाव छ । कञ्चनपुरका सीमा क्षेत्रमा सशस्त्र प्रहरीको बढ्दो उपस्थितिसंगै तस्कर तह लाग्ने स्थानीयले आशा लिएका छन् ।

ताजा समाचार

This will close in 10 seconds