सन्तोषी टोल विकास संस्थाको प्रथम अधिवेशन तथा वार्षिक साधारण सभा सम्पन्न

भीमदत्त नगरपाकिला वडा नं। ६ मा रहेको सन्तोषी टोल विकास संस्थाको प्रथम अधिवेशन तथा वार्षिक साधारण सभा सम्पन्न भएको छ । सोही अवसरमा उक्त टोलमा रहेका जेष्ठ नागरिकलाई तिनजना लाई सम्मान गरेको छ । सम्मान हुनेमा देवदत्त जोशी, अन्टुराम डगौरा र पार्वती पनेरुलाई गरेको छ ।

आजै भएको अधिवेशन चुनिएको नयाँ समितिलाई हार्दिक बधाई दिदै लक्ष्मी बुढाले आफु यस संस्थाको अध्यक्ष नरहे पनि आफ्नो साथ सहयोग सधैं रहने छ । यस टोल विकासको लागि आफुले जस्तो सुकै बलिदान दिनु प¥ये पनि आफु पछाडि नपर्ने बुढाले बताईन् ।

कार्यक्रमका प्रमुख अतिथी धामीले ‘यस प्रकारको टोल विकास समितिले आफ्नो टोलको विकासका लागि महत्वपुर्र्ण भुमिका खेलेको छ । आगामी दिनहरुमा वडा बाट हुने टोल विकासको लागि आफु सधै तत्पर रहेको बताए ।
शनिबार सम्पन्न भएको साधारण सभामा सभापत्वि संस्थाको अध्यक्ष लक्ष्मी बुढाको रहेको थियो, प्रमुख अतिथी भीनपा –६ का वडा अध्यक्ष हरक धामीको रहेको थियो । विशिष्ट अतिथीमा डा। नारद अवस्थी र छोटुलाल डगौरा रहेका थिए ।

साधारण सभामा ०७६/०७७को प्रतिवेदन कोषाध्यक्ष सुनिल चौधरीले सार्वजनिक गरेका थिए । प्रथम साधारण सभा बाट रुद्र राज पनेरुको अध्यक्षतामा ११ सदस्य कार्यसमित सहित ७ सदस्य सल्लाहकार निविरोध चयन गरिएको सचिव कलावती जाशीले बताइन । कार्यक्रममा टोलवासीको उत्साहजनक सहभागी रहेको थियो । कार्यक्रम सञ्चालन कलावती जोशीले गरेकी थिइन ।

ताजा समाचार

This will close in 10 seconds