कञ्चनपुर कारागारमा क्षमता भन्दा तेब्बर बढी कैदी

पञ्चायत कालमा बनेको भवन जिर्णेत्तर, व्यवस्थापनमा चुनौति

कञ्चनपुर
कारागारमा क्षमता भन्दा तेब्बर बढि कैदीबन्दी रहेका छन् । क्षमता भन्दा तेब्बर कैदीबन्दी हुँदा व्यवस्थापनमा चुनौती बढेको छ । ९५ जना कैदीबन्दीको क्षमता भएको कञ्चनपुर कारागारमा ३ सय ६६ जना रहेका छन् । २५ महिला, ७० पुरुष कैदीबन्दी राख्ने क्षमताको कारागारमा ३ सय ५२ पुरुष, १४ महिला र एक आश्रित बालक रहेका छन् । कञ्चनपुर कारागार कार्यालयका प्रमुख श्याम राज भट्टले अपराध बढ्दै गएपछि कैदीबन्दीको संख्या दिनदिनै बढ्दै गएको बताए । ‘दैनिक कैदीबन्दीको क्षमता बढ्दै गएको छ, ‘उनले भने, ‘एउटा पुरानो भवन त्यो पनि जिर्णेत्तर बन्दै गएको छ ।’ पञ्चायतकाल ०३२ सालमा निर्माण भएको कारागार भवन चुहिने समस्या भएको छ । ‘भएको भवन पनि चुहिने समस्या छ, ‘जेलर भट्टले भने, ‘कैदीबन्दी व्यवस्थापनमा चुनौती थपिएको छ ।’
सबै कैदीबन्दीका लागि शौचालय, बस्ने समस्या भएको बताउदै उनले कारागारको क्षमता विस्तार नहुँदा कोडिभ १९ को संक्र्मणका बेला झन समस्या भएको बताए । ‘कोडिभका कारण संक्रमण हुने चिन्ता लागेको छ, ‘उनले भने, ‘सकभर समजिक दुरी कायम गरेका छौँ ।’ कर्तज्य ज्यान मुद्दामा कैदी जिवन भुक्तान गरिरहेको युवक एक बर्ष अघि केन्द्रीय कारागार सरुवा गरिएपछि गत महिना उनको कोरोना लागेर मृत्यु भएको थियो । भवन निर्माण एव स्तरबृद्धिका लागि माथिल्ला निकायमा हारगुहार गर्दा समेत कुनै सुनुवाई नभएको जेलर भट्टको गुनासो छ । ‘कैदीबन्दी र थुनुवा राख्न छुट्टाछुट्टै कक्ष हुनुपर्छ, तर छैन, ‘जेलर भट्टले भने, ‘यसबाट समेत कुनैबेला आदालत, अस्पताल ल्याउँदा समस्या हुने गरेको छ ।’

विकास सिह महता कञ्चनपुर कारागारमा क्षमता भन्दा तेब्बर बढि कैदीबन्दी रहेका छन् । क्षमता भन्दा तेब्बर कैदीबन्दी हुँदा व्यवस्थापनमा चुनौती बढेको छ । ९५ जना कैदीबन्दीको क्षमता भएको कञ्चनपुर कारागारमा ३ सय ६६ जना रहेका छन् । २५ महिला, ७० पुरुष कैदीबन्दी राख्ने क्षमताको कारागारमा ३ सय ५२ पुरुष, १४ महिला र एक आश्रित बालक रहेका छन् । कञ्चनपुर कारागार कार्यालयका प्रमुख श्याम राज भट्टले अपराध बढ्दै गएपछि कैदीबन्दीको संख्या दिनदिनै बढ्दै गएको बताए । ‘दैनिक कैदीबन्दीको क्षमता बढ्दै गएको छ, ‘उनले भने, ‘एउटा पुरानो भवन त्यो पनि जिर्णेत्तर बन्दै गएको छ ।’ पञ्चायतकाल ०३२ सालमा निर्माण भएको कारागार भवन चुहिने समस्या भएको छ । ‘भएको भवन पनि चुहिने समस्या छ, ‘जेलर भट्टले भने, ‘कैदीबन्दी व्यवस्थापनमा चुनौती थपिएको छ ।’ सबै कैदीबन्दीका लागि शौचालय, बस्ने समस्या भएको बताउदै उनले कारागारको क्षमता विस्तार नहुँदा कोडिभ १९ को संक्र्मणका बेला झन समस्या भएको बताए ।

‘कोडिभका कारण संक्रमण हुने चिन्ता लागेको छ, ‘उनले भने, ‘सकभर समजिक दुरी कायम गरेका छौँ ।’ कर्तज्य ज्यान मुद्दामा कैदी जिवन भुक्तान गरिरहेको युवक एक बर्ष अघि केन्द्रीय कारागार सरुवा गरिएपछि गत महिना उनको कोरोना लागेर मृत्यु भएको थियो । भवन निर्माण एव स्तरबृद्धिका लागि माथिल्ला निकायमा हारगुहार गर्दा समेत कुनै सुनुवाई नभएको जेलर भट्टको गुनासो छ । ‘कैदीबन्दी र थुनुवा राख्न छुट्टाछुट्टै कक्ष हुनुपर्छ, तर छैन, ‘जेलर भट्टले भने, ‘यसबाट समेत कुनैबेला आदालत, अस्पताल ल्याउँदा समस्या हुने गरेको छ ।’

ताजा समाचार

This will close in 10 seconds