विभिन्न पार्टी परित्याग गरि जनता समाजवादीमा प्रवेस

विभिन्न पार्टी परित्याग गरि नेता कार्यकर्ता जनता समाजवादी पार्टीमा प्रवेस गरेका छन् । मंगलबार समाजवादी पार्टी कञ्चनपुरको महेन्द्रनगरमा सम्पन्न भएको भेला तथा कार्यक्रममा ४७ जनाले पार्टी प्रवेस गरेका हुन् । जनता समाजवादी पार्टीका केन्द्रीय परिष्द सदस्य अभिषेक सिह गुरुले नव प्रवेसीलाई टिका खादा ओढाएर सम्मान गरेका थिए ।

जनता समाजवादी पार्टी कञ्चनपुरका अध्यक्ष राधेश्याम भट्टको अध्यक्षतामा सम्पन्न भएको कार्यक्तमको प्रमुख अतिथिमा जनता समाजवादी पार्टीका केन्द्रीय परिष्द सदस्य अभिषेक सिह गुरु थिए । प्रदेश उपाध्यक्ष बासमती राजी बिशिष्ठ अतिथि रहेकी थिईन् । भने प्रदेश सदस्य शेर सिह पुजारा, सिद्धराज सोती विनोद चन्द, सुरेश यादव लगायतको उपस्थिति रहेको थियो ।

ताजा समाचार