जनता समाजवादी पार्टी लालझाडीको पार्टी कार्यालय उद्घाटन

लालझाडी

जनता समाजवादी पार्टीले लालझाडी गाँउपालिका स्तरिय पार्टी कमिटिको पार्टी कार्यालय स्थापना गरेको छ । आइतबार एक कार्यक्रमका विच लालझाडी गाँउपालिका ४ जाईमा जनताा समाजवादी पार्टीको कार्यालय स्थापना भएको हो । जनता समाजवादी पार्टी सघीय परिष्द सदस्य अभिषेक सिह गुरुले पार्टी कार्यालय उद्घाटन गर्दै देश जनताको पक्षमा पार्टी रहेको औल्याए । पार्टीलाई एकताबद्ध ढङगबाट अघि बढाईने उनको कथन थियो ।

जनता समाजवादी पार्टी लालझाडीका अध्यक्ष रमेश खुनाको अध्यक्षतामा भएको कार्यक्तमको प्रमुख अतिथिमा जनता समाजवादी पार्टी सघीय परिष्द सदस्य अभिषेक सिह गुरु, जनता समाजवादी पार्टी प्रदेश सदस्यद्वय सिद्धराज सोती, बिनोद चन्द, जनता समाजवादी पार्टी जिल्ला अध्यक्ष राधेश्याम भट्ट लगायतका स्थानीय तहका नेता कार्यकर्ताको उपस्थिति रहेको कार्यक्रममा क्षेत्र नम्बर १का नेता कार्यकर्तालाई प्रशिक्षण समेत गरिएको थियो । यस अघि जसपाले शुक्लाफाँटामा पार्टी कार्यालय उद्घाटन गरेको थियो ।

ताजा समाचार

This will close in 10 seconds