बेलौरी सीमाका सशस्त्र प्रहरीले तस्करी नदेखेपछि तस्कर तह लगाउँदै नेपाल प्रहरी

बेलौरी 

कञ्चनपुरको बेलौरी नगरपालिका क्षेत्रका खुला सीमा नाकाबाट तस्करी अझै रोकिएको छैन् । भारतसंग जोडिएका स्थानमा सरकारले हालसम्म सीमा सुरक्षा चोरी तस्करी नियन्त्रणका लागि चार बिओपी स्थापना गरेको छ । बेलौरी नगरपालिका २, ६, ८, १० वडामा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट छन् । कोरोना रोकथामका लागि बिओपीसंगै ठाँउठाँउमा अस्थायी टहरा बनाएर सशस्त्र प्रहरीले रातदिन टियूटी दिन्छन् । सीमा क्षेत्रमा अधिक सशस्त्र प्रहरीको उपस्थिति नभएपछि विगतको तुलनामा सशस्त्र प्रहरीको उपस्थिति बाक्लो छ ।

तस्करका नाका सीमित हुँदा पनि सीमाबाट आएको समान सशस्त्र प्रहरीको फन्दामा नपरी सीमा वारी रहेका सशस्त्र प्रहरीको फन्दामा परिरहेको छ । भारतबाट चोरी तस्करी गरेको समान सीमाबाट पार गर्दै बेलौरी नगरपालिका १० सडकघाट गाँउमा पु¥याउँदा नेपाल प्रहरीले उक्त समान बरामद गरेको छ । ‘सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलका बिओपी छन, ‘एक स्थानीयले भने, ‘फेरी २४सै घण्टा सीमामा डियूटी छ, कसरी भारतबाट माल समान तस्करी भईरहेको छ ।’ स्थानीयका अनुसार सीमा क्षेत्रमा रहेका सशस्त्र प्रहरीले तस्करबाट लाईन खाने र प्रहरीलाई नदिदा समात्ने गरेका छन् । तर, यस विषयमा सशस्त्र प्रहरी र प्रहरीले लाईन नखाएको वाईयात विषय भनिरहेका छन् ।

सशस्त्र प्रहरीले तस्करी नदेखेको लुकिछिपी ल्याएको र प्रहरीले तस्करलाई देखेपछि समातेको बताउँदै आएका छन् । लाईन भन्दा पनि अवैध गैर कानुनी काम भएको प्रहरीले जनाएको छ । तर, स्थानीयले पहिलो सीमा मुल ढोकामै सशस्त्र प्रहरी हुँदा पनि प्रहरीले समान समात्ने विषयमा आश्र्चयता प्रकट गरेका छन् । जिल्ला पहरी कार्यालय कञ्चनपुरका अनुसार भुडा क्षेत्रबाट पानी तान्ने मोटर , नट बोल्ट ,लगायत हार्डवयरका समान झुम्का, सुपर पावर तम्बाकु ,बिडी ,चिनि लगायत ६७ हजार ६ सय ८० रुपैया बराबरका अवैध समान बरामद गरि भन्सार बुझाएको छ ।

ताजा समाचार