केरा खेतीबाटै लाखौं कमाउदै युवा कृषक

कञ्चनपुर

कुनै समय अधम जागिर, मध्यम व्यापार र उत्तम कृषि भन्ने पूर्वीय समाजमा मान्यता रहँदै आएता पनि पछिल्लो समयमा ठिक उल्टो भएको छ तर अहिले आएर कृषि पनि कुनैं व्यापार व्यवसाय भन्दा कम छैन भन्ने कुरा प्रमाणित गरेका छन् कृषक साउँदले

भीमदत्तनगर–१० का स्थानिय कृषक पूर्ण साउँद विगत २५ वर्षयता केरा खेती गर्दै आईरहेका छन् । समाजमा केही गरेर देखाउनु पर्छ भन्ने अथक परिश्रमी साउँदले १ कट्टा बाट केरा खेती शुरु गरेको हाल २२ विगाह क्षेत्रफलमा केरा खेती व्यवस्थीत रुपमा गर्दै आएका छन् ।

जिल्लाका विभिन्न क्षेत्रमा बाँझो रहेको जमिन ५ वर्षका लागि भाँडामा र आफ्नै ४ विगाह जमिनमा समेत केराको खेती गरेको उनले वताए । थोपा सिचाँइ प्रविधि मार्फत केराका बोटाहरुमा सिचाइँको प्रबन्ध मिलानुका साथै आफ्नै लगानीमा हाते टेक्टरले खनजोत गर्ने गरिएको छ । काम चाप बढ्दै गएपछि उनले यो पौरखी कामबाटै ४ जना पूर्णकालीन कामदार र अन्य १८ जना अल्पकालीन कामदार गरी २२ जनालाई रोजगारी दिएका छन् । केरा खेतीको विमा गराएका छन् जसले गर्दा हावाहुरीले नोक्सान गर्दा हुने जोखिमबाट केही हदसम्म रक्षा गरेको छ साथै कामदारको समेत विमा गराएका छन् उनले । केरा उत्पानले राम्रो फसल दिन थालेपछि उनले अगालेको कृषि कर्मको मुक्तकण्ठले प्रसंशा हुन थालेको उनी सुनाउँछन् ।

भीमदत्त १८ मा रहेको सिप विकास केन्द्रमा सरकारी जागिरमा रही देशविदेशका विभिन्न क्षेत्रमा भ्रमण गर्दा लामो अनुभव ज्ञान सँगालेका उनी निरन्तरको संघर्ष, कठोर परिश्रम र लगनशीलताले नै आफ्नो पेशामा अदितीय सफलता पाउनुका साथै उदाहरणीय तथा पे्ररक केरा किसान बन्न बन्दै गएका छन् । पछिल्लो एक वर्षयता ५ सय भन्दा बढी रातो केरा समेत लगाएका छन् । रातो केरा क्लेस्ट्रोन, सुगुर, प्रेसरी लगायतका विरामीलाई फाइदाजनक मानिन्छ ।
नर्सरी नै निर्माण गरी केराका विरुवा किसानहरुलाई उपलब्ध गराउदै आईरहेका छन् । विभिन्न क्षेत्रमा कृषि प्रशिक्षणका कार्यक्रममा किसानहरुलाई तालिम प्रशिक्षण समेत दिन थालेका छन् ।

आर्थिक वर्ष २०७७/ ०७८मा सुदूर पश्चिम प्रदेश अन्तर्गत ‘मुख्य मन्त्री कृषि नमूना कार्यक्रम’ मार्फत ५० लाख बराबरको अनुदानको कार्यक्रम पाउन सफल भएका छन् । अनुदानमा समेटिएकोमा कृषि मन्त्रालय, ज्ञान केन्द्र कंचनपुर तथा सहयोगी सबैलाई धन्यवाद व्यक्त गर्दै उनले भने‘‘गर्ने आँट भए नेपालमै धेरै गर्न सकिन्छ,अन्यत्र भौतारिनु पर्दै पर्दैन्’’परिश्रमीलाई यतै गर्न थुप्रो काम छ, कति ठाउँ बाझो रहेका छन् , त्यस्तो देख्दा टिठ लागेर आउँछ उनी भन्छन् । विश्व महामारीले अर्थतन्त्र नै कमजोर भई देशमा बेरोजगारी बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै केरा किसान साँउदले यूवाहरुलाई आफ्नै मुलुकमा पसिना बगाउन र कृषिमा होमिन सुझाव दिएका छन् । उनले भने,‘‘३ विगाहमा मात्रै राम्रो सँग केरा खेती गर्न सकिए १५ लाख बचत हुन्छ, अर्काको देशमा मजदुरी गर्न जानै पर्दैन्’’
अहिले तीन तहको सरकार रहेको उल्लेख गर्दै किसान साउँदले कृषी कर्ममा लाग्ने वातावण बनाउन अझै कृषि सुधार निती ल्याउनुपर्नेमा जोड दिए ।

कृषि अनुदानका कार्यक्रम सम्बन्धमा सबै किसान जानकार नभको र पहुँचमा नहुदाँ अनुदानको अनुचित वितरण हुने गरेको उल्लेख गर्दै अनुदान गरिखाने किसानले पाउनुपर्नेमा सरोकारबालालाई सचेत गराए । ‘‘जोकोहीलाई अनुदान दिनु हुदैन्,वास्तविक किसानलाई अनुदान दिनुपर्ने हुन्छ, अनुदानकै लागि कृषि फर्म दर्ता गर्ने र किसानको अनुदान पचाउने दलाललाई कारवाहि तथा जुर्वाना राज्यले असुल गर्नुपर्ने प्रावधान ल्याउनुपर्छ । ’’ केरा खेतीमा कंचनपुर जिल्ला आत्मनिर्भर भैसकेको दावी उनको रहेको छ । स्थानिय स्तरमा बजार व्यवस्थापन र भारतबाट आउने केराले केरा किसान मार्कामा पर्दैआएको गुनासो गरेका छन् ।

बिचौलियाहरु मौलाएको भन्दै केरा किसान साँउदले केरा खरिद केन्द, भण्डारणको व्यवस्थापन गरी केराको मूल्य निर्धारण गर्न स्थानिय सरकारसँग जोडदार माग अघि सारेका छन् ।सन्तोषजनक आम्दानी भैरहेको उनले वताए । ‘‘एकदमै खुसी छु राम्रो आम्दानी भईरहेको छ ’’ लागानीको पचाँस प्रतिशत मुनाफा आर्जन गर्न सकिने उनको ठम्याइ छ । अगामी दिनमा अझै केरा उत्पादन सँगै अन्य व्यवसायिक पशुपालन कार्यलाई बढाउने योजना रहेको सुनाउँछन् किसान साउँद । ५०, ६० विगाहमा विस्तार गर्ने लक्ष्य राखेर अगाडि बढेको उनले जानकारी दिए । विदेश पलायन हुदै गरेको युवाशक्तिलाई देशमै रोकेर तीनै तहका सरकारले व्यावसायिक कृषिलाई माथि उकास्न ठोस नीति ल्याएर अगाडि बढ्नुपर्ने देखिन्छ ।

ताजा समाचार