अवैध काठ सहित मिल सञ्चालक पक्राउ

कञ्चनपुर

कञ्चनपुरको लालझाडी स्थित पर्सिया भन्ने ठाउँमा सञ्चालित काठ मिलबाट अवैध काठ सहित मिल सञ्चालक पक्राउ परेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय अन्तर्गतको प्रदेश अनुसन्धान समुह ९आरआइटी० र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको संयुक्त टोलीले मिलका सञ्चालक २७ वर्षीय प्रदीप राना सहित अवैध काठ बरामद गरेको हो । काठ मिल सञ्चालक रानाले अवैध रुपमा काठको कारोबार गर्दै आएको भन्ने सूचनाका आधारमा गएराति मिलमा छापा हानिएको हो ।

काठ मिलमा लुकाइ छिपाइ राखेको अवस्थामा सालका कडी, गोलिया, झ्याल, ढोका, भेन्टिलेशन र ढोकाको चौखट लगायतका अन्दाजी ६० क्युफिट बराबरका २ सय ३५ थान काठ बरामद गरिएको बताइएको छ । बरामद गरिएको काठ सहित रानालाई डिभिजन वन कार्यालय कञ्चनपुरको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाले जानकारी दिनुभएको छ ।

ताजा समाचार

This will close in 10 seconds