निड्स कञ्चनपुरद्धारा माहाकाली नगरपालिकालाई ३ लाख बराबरको सुरक्षा सामग्री सहयोग

दोधारा 

माहाकाली नगरपालिकालाई निड्स नेपाल कञ्चनपुरले स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरेको छ् । माहाकाली नगरपालिकामा आयोजित एक कार्यक्रममा युनिसेफको बाढी पुर्व तयारी तथा प्रतिकार्य परियोजना र अक्सफम नेपालको ईपिएचआई परियोजनाको सहयोगमा निड्स नेपाल कञ्चनपुरले झण्डै रु. ३ लाख बराबरको कोभिड १९ रोकथाम तथा नियन्त्रणको लागी स्वास्थ्य सुरक्षा सामग्री माहाकाली नगरपालिकालाई हस्तान्तरण गरिएको निड्स नेपाल कञ्चनपुरका बाढी पुर्व तयारी तथा प्रतिकार्य परियोजनाका कार्यक्रम संयोजक संयोजक ईश्वर उपाध्याय्ले जानकारी दिएका छन् ।

माहाकाली नगरपालिकालाई निड्स नेपाल कञ्चनपुरले सर्जिकल मास्क २ हजार ५ सय थान, सेनिटाईजर ५ सय लिटरको ३५ पिस, ३५ पिस मच्छरदानी, मेट ८० मिटर, ३ थान सायरन, ५ सय थान सर्जिकल ग्लबस, बिद्युतिय स्प्रे टंकी, २० थान भाइजर, १० थान गाउन लगाएत स्वास्थ्य सुरक्षा सामग्री माहाकाली नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनारलाई हस्तान्तरण गरिएको निड्स नेपाल कञ्चनपुरका बाढी पुर्व तयारी तथा प्रतिकार्य परियोजनाका कार्यक्रम संयोजक ईश्वर उपाध्याय्ले बताएका छन् । कार्यक्रममा माहाकाली नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनार, नगर प्रबक्ता दिल बहादुर सिजाली, माहाकाली नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष पुष्कर दत्त जोशी, वडा नं. ५ का वडा सदस्य करन सुनार, नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा कञ्चनपुरका मन्त्री रघुनाथ भट्ट, निड्स नेपाल कञ्चनपुरका कोषाध्यक्ष रबिन्द्र प्रसाद देबकोटा, निड्स नेपाल कञ्चनपुरका बाढी पुर्व तयारी तथा प्रतिकार्य परियोजनाका कार्यक्रम संयोजक ईश्वर उपाध्याय् लगाएत स्थानियहरुको उपस्थिती रहेको थियो ।

कोभिड १९ रोकथाम तथा नियन्त्रणमा माहाकाली नगरपालिकालाई बिगतका दिनहरु देखि सघाउदै आएको निड्स नेपाल कञ्चनपुरले अहिले आएर जनताहरुको जिवन स्वास्थ्य सुरक्षाको लागी उपलब्ध गराएको भन्दै संस्थाको प्रशंसा गरिएको थियो । माहाकाली नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनारले निड्स नेपाल कञ्चनपुरले बिगत लामो समय देखि माहाकाली नगरपालिका क्षेत्रमा बसोबास गर्ने जनताको लागी बिभिन्न कार्यक्रम मार्फत माहाकाली नगरपालिका बिकास र समृद्धिमा सघाउदै आएको भन्दै कोभिड १९ रोकथाम तथा नियन्त्रणमा माहाकाली नगरपालिकालाई सहयोग गर्दै आएको बताएका छन् । माहाकाली नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष पुष्कर दत्त जोशीले माहाकाली नगरपालिकाको समृद्धि र बिकासमा संस्थागतरुपमा बिगत केही वर्ष देखि निड्स नेपाल कञ्चनपुरले सहयोग गर्दै आएको जनाएका छन् ।

‘निड्स नेपालले माहाकाली नगरपालिकाको समृद्धि र बिकासमा राम्रो सहयोग पाएका छौं’ माहाकाली नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष पुष्कर दत्त जोशीले भने । कोभिड १९ रोकथाम तथा नियन्त्रणमा निड्स नेपाल कञ्चनपुरको माहाकाली नगरपालिकामा निकै ठुलो योगदान रहदै आएको भन्दै अहिले आएर कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागी सुरक्षा सामग्री प्रदान गरेकोमा संस्थालाई धन्यबाद दिएका छन् । सुरक्षा सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै निड्स नेपाल कञ्चनपुरका कोषाध्यक्ष रबिन्द्र प्रसाद देबकोटाले कोभिड १९ रोकथाम तथा नियन्त्रणमा माहाकाली नगरपालिका कार्यालयले निकै राम्रै काम गर्दै आएको र आगामी दिनहरुमा आफ्नो संस्थाबाट माहाकाली नगरपालिकाका जनतालाई हुन सक्ने सहयोग गर्ने प्रतिबद्धता जाहेर समेत गरेका छन् ।

ताजा समाचार

This will close in 10 seconds