कञ्चन सामुदायिक विकास केन्द्रद्धारा जवाफदेही संयन्त्र सम्वन्धि अन्तरक्रिया समपन्न

विमल धामी/ बेलडाँडी

जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिकामा रहेको कञ्चन सामुदायिक विकास केन्द्रद्धारा स्थानीय सरकारको जवाफदेही संयन्त्र सम्वन्धि सरोकारवालाहरु संग अन्तरक्रिया कार्यक्रम आयोजना गरी समपन्न गरेको छ । नागरिकको जिम्मेवारी र स्थानीय सरकार संचालन गर्ने प्रतिनिधीहरुले सुशासन कायम हुने गरी कार्य गरेका छन् छैन्न भनि कार्यक्रममा स्मरण गराइएको थियो । कार्यक्रमलाई विशेष गरी स्थानीय सरकार कसरी संचालन भएको छ । आम नागरिकको प्रतिनिधित्व गरेका प्रतिनिधिले जनसम्पर्क कस्तो गरेका छन् सार्वजनि चासोका विषय संग नागरिक र जनप्रतिनिधीहरुको विचतको तालमेलका विषयमा अन्तरकृयामा सवाल जवाफ भएको थियो ।

यस कञ्चन सामुदायिक विकास केन्द्रले जनता र जनप्रतिनिधीहरुको विचको दुरी चिस्सिन लागेका बेला दुरी केहि कम होस् भन्ने उदेश्यले कार्यक्रम आयोजना गरेको सामुदायिक विकास केन्द्रकी सहजकर्ता गिता रानाक्षेत्रीले जानकारी गराउनु भयो । उहाँका अनुसार कतिपय कुरा आम नागरिकहरुले थाहाँ नपाउन सकेका कुरा पादर्शीता गर्नेमा सबैको ध्यानाकर्षण गराइएको बताए । सामुदायिक विकास केन्द्रकी अध्यक्ष सरिता कुमारी रोकाया बोगटीको अध्यक्षतामा शुरुभएको कार्यक्रमको प्रमुख अतिथि बेलडाँडी गाउँपालिकाका अध्यक्ष धन बहादुर थापा क्षेत्री रहनु भएको थियो भने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश दत्त भट्ट, उपाध्यक्ष कमला कार्की, वडाअध्यक्षहरु अम्मर बहादुर खत्री, प्रेमराज खाती, दुर्गा प्रसाद चौधरी र कृष्ण बहादुर रोकाया लगायत सहकर्मी समाजका शेर बहादुर खत्री, वडा सदस्य पालिकाका कर्मचारी, विभिन्न संघ संस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै धन बहादुर थापा क्षेत्रीले भने आफुहरुको सिंगो टिम गाउँपालिकाले गरेको हर्ेर कामको पादर्शीता गरेको बताउदै यो कार्यक्रमले नागरिकका गुनासा सुनेर सधार गर्ने ठाउँमा पालिकाले सुधार गर्ने बताए । कार्यक्रमका सभापति तथा कञ्चन सामुदायिक विकास केन्द्रकी अध्यक्ष सरिता कुमारी रोकाया बोगटीले भने हामीले विगत लामो समय देखि यस गाउँपालिका संग सकारात्मक कुरामा हातेमालो गर्दै आएको र आगामी दिनमा समेत राम्रो कार्यक्रको लागि हातेमालो गर्ने भन्दै यो कार्यक्रमले स्थानीय सरकार प्रति रुष्ट बन्न पुगेका नागरिकहरुलाई सकारात्क प्रभाव पार्ने भन्दै यो कार्यक्रम आयोजना गरिएको जनाए ।

बेलडाँडी लगायत कञ्चनपुरको दक्षिणी क्षेत्र विकासका लागि आफ्नो मुनाफा रहित काम गर्दै आएको र जनसमुदायमा सकारात्मक चेतनाको विकास गराउने जस्ता हजारौं कार्यक्रम आयोजना गरिसकेको बताइन । कार्यक्रमको सहजिकरण सहकर्मी समाजका शेर बहादुर खत्रीले गर्नु भएको थियो । यस्तै सहभागिहरुले यो कार्यक्रमले नागरिक र स्थानीय सरकारको दुरी नजिक बनाएको जिकिर गर्नु भयो । धेरै कुरा राम्रा भएका समेत सूचना राम्रो संग नपाइदिदा समस्या उत्पन्न हुने गरेको बताउदै यस्तै कार्यक्रम आगामी दिनमा समेत चल्नु पर्ने बताए ।

ताजा समाचार

This will close in 10 seconds