बाल दिवसको अवसरमा निबन्ध प्रतियोगितामा उत्कृष्ठ बिद्यार्थीलाई पुरुस्कार

दोधारा 

बाल दिवसको अवसरमा निबन्ध प्रतियोगितामा उत्कृठ भएका बिद्यार्थीहरुलाई पुरुष्कृत गरिएको छ् । ‘विपद्मा बाल अधिकार सुनिश्चता ः हामी सबैको साँझा प्रतिबद्धता’ नारा भन्ने मुल नारा साथ यस वर्षको राष्ट्रिय बाल दिवसको भाद्र २९ अर्थात आजको दिन ‘कोभिड १९ ले बाल मानोबिज्ञानमा परेको प्रभाव र न्युनिकरणका उपाय’ भन्ने शिर्षकमा माहाकाली नगरपालिका कार्यालयले आयोजना गरेको निबन्ध प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र शान्त्वना स्थान प्राप्त प्रतियोगीहरुलाई आज एक कार्यक्रमको बिच सम्मान गरिएको माहाकाली नगरपालिका कार्यालयका प्रमुख प्रशासकिय अधिकृत गणेश मिश्रले जानकारी दिएका छन् ।

प्रथम स्थान प्राप्त गर्ने भानु माध्यमिक बिद्यालयका सिमान्त टेर, द्धितिय हुनेमा लक्ष्मी माध्यमिक बिद्यालयका लक्ष्मण न्यौपाने, शंकर पार्वती माध्यमिक बिद्यालयका अञ्जु साँउद र शान्त्वना स्थान प्राप्त गर्ने जनज्याती माध्यमिक बिद्यालयका चन्द्रमा रोकाया रहेका थिए । उनिहरु सबैलाई सम्मान सहित पुरुस्कार प्रदान गरिएको माहाकाली नगरपालिका कार्यालयले जनाएको छ् । प्रतियोगितामा प्रथम भएकालाई रु. २ हजार, द्धितिय हुने बिद्यार्थीलाई रु. १ हजार ५ सय, तृतिय हुनेलाई रु. १ हजार र शान्त्वना स्थान प्राप्त भएकालाई रु. ५ सय नगद प्रदान गरिएको महिला तथा बालबालिका शाखा माहाकालीका प्रमुख डम्मरा पन्त लेखकले बताएका छन् । कार्यक्रममा माहाकाली नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनार, उपप्रमुख चिनी ओझा गिरी, माहाकाली नगरपालिकाका प्रमुख प्रमुख प्रशासकिय गणेश मिश्र, वडा अध्यक्ष तथा बिद्यार्थीहरुको सहभागिता रहेको थियो ।

ताजा समाचार

This will close in 10 seconds