मुख्यमन्त्री कृषि नमुना गाउमा फस्टाउदौ केराखेती, थोपासिचाइले उत्पादन बृद्धि

कञ्चनपुर 
थोपा सिचाइ प्रबिधिको प्रयोग संगै कञ्चनपुरमा केरा उत्पादनमा बृद्धि भएको छ । मुख्यमन्त्री कृषि नमुना गाउ अन्तरगत थोपा सिचाइ प्रबिधिको प्रयोग बाट केरा खेती शुरु भएपछि कृषकहरुको आम्दानीमा समेत सकारात्मक परिवर्तन देखिएको छ । केराखेतीबाट राम्रो आयआर्जन हुने भएपछि कृषकहरु केराखेती तर्फ आकर्षित भएका छन ।मुख्यमन्त्री एकिकृत कृषि तथा पशुपंक्षि विकास कार्यक्रम अँतरगत कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका वडा नं.३, ८, ९ र १० मा मुख्यमन्त्री नमुना कृषि गाउ केराखेतीको हब बन्ने भएको छ । यस कार्यक्रम अन्तरगत तिल्केनी तिलाचौर मटेना तिलकपुरका एक सय परिवार थपिएका छन ।

केराखेती व्यवसायबाट सिजनमा प्रतिव्यक्ति १० लाख जति आम्दानी हुने गरेको केरा व्यावसायि पुर्ण साउदको भनाइ रहेको छ । अन्य खेतीपाती भन्दा केरा खेतीबाट राम्रो फाइदा हुने गरेको कृषकहरुको भनाइ रहेको छ । सुदूरपश्चिम प्रदेश सरकारले मुख्यमन्त्री कृषि नमुना गाउ अन्तरगत कृषकहरुलाइ ५० प्रतिशत देखि ७० प्रतिशत सम्म अनुदान दिएको छ । कृषि ज्ञान केन्द्र कञ्चनपुरका निमित्त कार्यालय प्रमुख रामचन्द्र भट्टले तोकिएको बाली बस्तुमा आत्मनिर्भर बनाएर बाहिर निर्यात गर्ने गरी उत्पादन गर्ने उदेश्यले कार्यक्रम लागु गरिएको बताउनुभएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारका भुमि व्यवस्था कृषि तथा शहकारी मन्त्री बिनिता चौधरीले कञ्चनपुर कैलाली जिल्ला संगै सुदुरपश्चिम प्रदेश नै केरामा आत्मनिर्भर भएको भन्दै पछिल्लो समयमा बाहिर निर्यात समेत भैरहेको बताउनुभएको छ । केराको थप प्रबद्र्धनका लागि चिस्यान केन्द्र र भण्डारणको व्यवस्था भैरहेको मन्त्री चौधरीको भनाइ रहेको छ । कञ्चनपुर जिल्लामा मात्र ५ सय हेक्टर भन्दा बढी क्ष्ँेत्रफलमा केरा खेती भैरहेको छ भने ११ सय परिवार संलग्न रहेका छन । केरा उत्पादनका लागि याहाका हावापानी उपयुक्त भएका कारण प्रदेश सरकारले कञ्चनपुरमा केरा हबको रुपमा बिस्तार गर्ने योजना वनाएको छ ।

ताजा समाचार

This will close in 10 seconds