दोदाको पुल अलपत्र मेयरको ठेकेदार कम्पनीले अधुरै पुल अलपत्र छाडेर गएपछि ज्यान जोखिममा राख्दै शुल्क तिरेर टुबमा यात्रा गर्दै जनता

पहिलाद राना /कञ्चनपुर

म्याद सकिएको २० महिनासम्म पनि ठेकेदारले कञ्चनपुरको दोदा नदीमा पुल निर्माण गर्न सकेको छैन् । सम्झौता अनुसार निर्माण कम्पनीले सम्पन्न गर्नुको साटो दुई बर्षदेखि पुलको काम अधुरै छाडेको छ । चार बर्षमा चार पिलर खडा गरेर प्राविधिक समस्या देखाईएर काम अघि बढाईएको छैन् । वाणि–देखतभूली देखभूली कञ्ज शंकरपुर पचगडिया बाईसेविचुवा जोड्ने सडकखण्ड अन्र्तरगत देखभूतली–शंकरपुर दोदा नदीमा पुल निर्माणको जिम्मा पाएको कम्पनी लुम्बीनी राजेन्द्र कुमार श्रेष्ठ जेभीले काम अधुरै छाडेके हो । निर्माण कम्पनी डडेल्धुराको परशुराम नगरपालिका मेयर भीम साउदको ठेक्का थियो । जनप्रतिनिधी समेत रहेका साउदको कम्पनीले म्याद अवागै निर्माण गरेर जनताको मन जित्नुको साटो जनताबाट मेयर तिरस्कृत भईरहेका छन् । ठग ठेकेदार भन्दै जनता मेयर साउदमाथि सरापीरहेका छन् ।

निर्माण कम्पनी र सडक डिभिजन कार्यालयविच ०७२ सालमा फुटपात सहितको दुई लेन चौडाई १ सय ७० मिटर लम्बाईको पुल निर्माणका लागि सम्झौता भएको थियो । म्याद सकिएको २० महिनासम्म पुलको फाउण्डेशन मात्रै निर्माण भएको छ । २५ पुष ०७५ मा उक्त पुल निर्माण गरिसक्नुपर्ने थियो । तर सकेको छैन् । उक्त पुलको ५५ प्रतिशत मात्रै प्रगति भएको छ । मेयर ठेकेदार कम्पनीले दुई बर्षदेखि अलपत्र पारेको पुलको डिजायनमै समस्या आएको छ । सडक डिभिजन कार्यालय कञ्चनपुरका सुचना अधिकारी ईन्जिनियर लक्षण दत्त जोशीले चार पिलर निर्माण गरिएपनि बाँकी दुई पिलरमा समस्या देखिएको बताए । ‘पिलर निर्माण गर्दा जमिनमुनी पानीको समस्या देखियो, ‘उनले भने, ‘सोयल टेष्टका लागि विभागमा पठाएका छौँ ।’ उक्त ठेक्काको एक बर्ष म्याद थप भएको बताउदै सुचना अधिकारी जोशीले ०७७ पुष मसान्त सम्ममा सक्नुपर्ने बताए ।

निर्माण कम्पनी लुम्बीनी राजेन्द्र कुमार श्रेष्ठ जेभीका ईन्जिनियर रोशन भट्टले प्राविधिक त्रृटिबस निर्माण कार्य रोकिएको बताए । निर्माण कम्पनीका तर्फबाट कुनै कमजोरी नभएको बताउदै प्राविधिमै समस्या देखिएकाले काम रोकिएको बताए । ‘जहाँसम्म प्राविधिक समस्या हल हुन्छहोला, ‘उनले भने, ‘हामीलाई काम गर्न आदेश आए करिब डेढ बर्षमै पुल तयार गछौँ, अवरोध नआएको भए म्यादभित्रै पुल निर्माण गरेर हस्तान्तण गर्न सक्थे ।’ अहिले चार पिलर निर्माण गरेको पुलको बाँकी दुई पिलर निर्माण गर्दा जमिनमूनि समस्यादेखिएको थियो । प्राविधिक हिसाबले बाँकी पिलर बनाउनुपर्ने स्थापनमा विभागले रिजेक्ट गर्दा पुल कित बाङ्गो बनाउनुपर्ने, कि पुरै रद्द गरेर नयाँ ढङगबाट प्राविधिक अध्ययन अनुसार गर्नुपर्ने चिन्ता व्यक्त गरिएको छ । पूर्ण डिजायनविनै सडक डिभिजनले हजुवाको भरमा ठेक्का लिएर काम गर्न लगाएर समस्या देखिएको स्थानीय बताउँछन् । स्थानीय जनकराज जोशीले पुल निर्माण ढिलाईको सडक र ठेकेदार कम्पनी दुवैको कमजोरी भएको बताए । ‘पुल निर्माण गर्नुपर्ने स्थानको पहिल्यै प्राविधिक सम्भाव्यता अध्ययन गर्नुपर्ने थियो, गरिएन, ‘उनले भने, ‘शुरुमै त्रृटि गर्दाको परिमाण हो ।’ अर्का स्थानीय अर्जुन साउदले पुल निर्माण नभएको भन्दै स्थानीयले पटक पटक सडक डिभिजन कार्यालय कञ्चनपुरका डेलिगेशन दिएको बताए ।

‘म्याद भित्रै काम सम्पन्न गर्नका लागि हामीले सम्बन्धीत पक्षलाई घचघच्याए, तर पनि सुन्दैनन, ‘उनले भने, ‘सबैतिर कमिसनको खेलले पुल अलपत्र परेको जस्तो लाग्छ ।’ सरकारी निकाय र जनप्रतिनिधीको गैर जिम्मेबारीपनका कारण काम नगर्ने ठेकेदारमाथि कार्बाही गर्न नसक्दा पुल अधुरै रहेको उनको आरोप छ । ‘ठेकेदारहरु ठाँउ ठाँउमा ठेक्का लिने, पेश्की दिने काम नगर्ने, लगानी र स्रोत साधन अन्तै लगाउँदा दोदामा समयमै बन्नुपर्ने पुल बन्न सकेन् ।’ दोदा नदीमा पुल निर्माण नहुँदा सर्वसाधारण ज्यान जोखिममा राख्दै शुल्क तिरेर आवत जावत गर्न बाध्य भएका छन् । देखतभूती र शंकर क्षेत्रका जनता ओहोरदोहोर गर्न नदीमा स्थानीयले संचालन गरेको ट्युब तरेर आवत जावन गर्न बाध्य भएका हुन् ।

लालझाडी गाउँपालिका ४ देखतभूलीका स्थानीय सुन्दर रानाले पुल निर्माण नहुँदा रकम तिरेर यात्रा गर्न बाध्य भएको बताए । ‘हिउँदमा पनि पानी हुन्छ, नदी तर्न सकिदैन, ‘उनले भने, ‘बर्खामा झनै समस्या हुन्छ ।’ शंकरपुर क्षेत्रका स्थानीय अगुवा अमर सिह रानाले बजार लगायतका अन्य स्थानमा जानका लागि छोटो मार्ग रहेको क्षेत्रमा पुल निर्माण नहुँदा मानिस सहित साधनको शुल्क तिरेर यात्रा गर्नुपरेको बताए । ‘नदीमा दिउँसो मात्रै ट्युबले तराउँछन, ‘उनले भने, ‘राती कोही दुखि बिरामी हुँदा घरमै मर्नुपर्ने बाध्यता हुन्छ ।’ हिउँदमा ईटाह बाबा मन्दिर समितिले काठे पुल निर्माण गर्दै नागरिकलाई जोखिमबाट सुविधा दिदै आएको छ । भने बर्षातमा चार जना स्थानीय युवा राम बहादुर राना नरेश राना, जित बहादुर राना, रामु राना) मिलेर १४ हजार लागतमा चार ट्युब बनाएर परम्परागत ढुङ्गा बनाएका छन् ।

उनीहरुले एक व्यक्ति २० रुपैया, साईकल सहित ५०, मोटरसाईलकको २सय रुपैया लिएर तराउने गरेका छन् । स्थानीयको समस्या देखेर हामीले मिलेर एक ट्युब बनाएको ट्युबका संचालक राम बहादुर रानाले बताए । ‘हाम्रो उदेश्य पैशा कमाउने होईन, ‘उनले भने, ‘बर्खामा कोही नदी तर्दा मर्नु नपरोस ।’ केहीले पैशा दिल्छन, केहीले गाली गरेर जाने उनले दुखेसो पोखे । पैशा नभएका विद्यार्थी, महिला, असाहय, अपाङ्गबाट पैशा नलिने गरेको उनले बताए । ‘एक दुई महिनाका लागि सेवा हो, ‘उनले भने, ‘यति छोटो अवधिमा के हाम्रो कमाई कति नै हुन्छ ।’

ताजा समाचार

This will close in 10 seconds