माहाकालीमा निषेधाज्ञा कडा गरिने, भोली देखि बजार विहान दुई घण्टा मात्रै खुल्ने

माहाकाली नगरपालिकामा स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा प्रभावकारी बनाउन बजार र सार्वजनिक सेवा प्रवाहमा कडाई गरिएको छ । माहाकाली नगरपालिकामा सोमबार बसेको माहाकाली नगरपालिका कार्यपालिका बैठकले प्रशासनको निषेधाज्ञा र माहाकाली नगरपालिका क्षेत्रमा देखिएका अज्ञात रोग संक्रमणलाई मध्यनजर गरी निषेधाज्ञा कडाई गर्ने निर्णय गरेको हो । माहाकाली नगरपालिका कार्यपालिका बैठकले जारी निषेधाज्ञाका आधारमा सोमबार राती १२ बजे देखि भदौ २३ गते सम्म बजार व्यवसाय र सार्वजनिक सेवा प्रवाहमा कडाई गर्ने निर्णय गरेको माहाकाली नगरपालिकाले गरेको निर्णयमा भनिएको छ् ।

माहाकाली नगरपालिकाले निषेधाज्ञाको व्यापक उल्लंघन भएर बजार, नगरपालिका र स्वास्थ्य केन्द्र, सार्वजनिक स्थानमा भीडभाड हुन थालेपछि निषेधाज्ञामा कडाई गरिएको बताईएको छ् । बैठकको निर्णय अनुसार आज देखि माहाकाली नगरपालिकाको बजार क्षेत्र विहान दुई घण्टा मात्रै खुल्ने छन् । त्यसका लागी विहान ७ बजे देखि ९ बजे सम्म समय तोकिएको छ् । बैंकहरु विहान १० देखि दिउसो १ बजे सम्म र विद्युत फ्युज सेवा विहान १० देखि २ बजे सम्म खुल्ने सर्वपक्षीय बैठकको निर्णयमा भनिएको छ् । माहाकाली नगरपालिकाका सबै औषधी पसलहरु चैबिसै घण्टा खुल्ने बताईएको छ् । माहाकाली नगरपालिका कार्यालय र वडा कार्यालयहरुमा अति आवश्यक भनेर तोकिएका बाहेक अन्य सबै सेवा बन्द गरिएने छ् । माहाकाली नगरपालिकाका अति आवश्यक सेवा तोकेको सेवा बाहेक सबै सेवाहरु बन्द हुने छ् । दुध ढुवानी भने पुरै दिन संचालन संचालन हुने भनिएको छ् ।

बैठकका निर्णय कार्यान्वयन गराउन सुरक्षा निकायलाई आग्रह गर्ने निर्णय समेत भनिएको छ । माहाकाली नगरपालिकामा अज्ञात रोगको कारण झण्डै एक सातामा ६ जना भन्दा बढीको मृत्यु भएपछि माहाकाली नगरपालिका कार्यालयले निषेधाज्ञा कडा गर्ने निर्णय गरिएको बताईएको छ् । १ सय ४ डिग्री भन्दा उच्च ज्वरो आउनेको चाँप बढ्न थालेपछि अज्ञात रोगबाट बच्न माहाकाली नगरपालिकाले निषेधाज्ञा कडा गर्ने निर्णय गर्न गरिएको माहाकाली नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजालीले जनाएका छन् । यता प्राथमिक स्वास्थ्य केन्द्र दोधाराका डाक्टर गगन चौधरीका अनुसार केही दिन यता उच्च ज्वरोको कारण मृत्यु हुने क्रम बढेको बताएका छन् ।

मस्तिष्क ज्वरो (मेनिनजाईटिस) हुनसक्ने डाक्टर चौधरीको भनाई रहेको छ् । यो खतरनाक संक्रामक रोग हो । किनाईसिरिया मेनिनजाईटिस (मेनिनगोकोकल) नामक जीवाणु मानिसको शरिरमा प्रवेश गरेपछि क्षणभरमै मानिसको मृत्यु हने गरेको बताईन्छ् । माहाकालीमा उच्च ज्वरोका कारण छ जनाको मृत्यु भएपछि सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको टोली अनुसन्धानका लागी परिचालन गरिएको थियो । माहाकाली नगरपालिका कार्यपालिका बैठकमा सुदूरपश्चिम प्रदेश सभा सदस्य मान बहादुर सुनार समेत उपस्थिती रहेको थियो । निषेधाज्ञा कडा बनाउन बजार व्यवस्थापन समितिका प्रतिनिधि, सुरक्षाकर्मी, नागरिक समाजका अगुवाको राय समेत संकलन गरिएको नगर प्रबक्ता सिजालीले बताए । कारोना भाइरसको आन्दोलनको खबर प्रकाशितनै नगरि, पत्रकारले पत्रकार सम्मेलन बहिष्कार गर्यो खबर चर्चामा ल्याएर कुन फुर्ती देखाउन लागेको कुन्नी फेसबुकेहरु । सक्छौ भने जनताको आवाजलाई लेख न ।

ताजा समाचार