शुक्लाफाँटा नगरपालिका वडा नम्बर ८ सिल

शुक्लाफाँटा

शुक्लाफाँटा नगरपालिका वडा नम्बर ८ सिल गरिएको छ । कोरोना भाइरसको संक्रमण जोखिमको अवस्थालाई मध्यनजर गरि शुक्रवारबाट एक हप्ताका लागि वडा सिल गरिएको वडाध्यक्ष बहादुर सिंह महराले बताए ।

वडाका २ जनामा कोरोना संक्रमण पुष्टि भएपछि वडा भित्रका सबै संघ संस्थाका कामहरु समेत बन्द गरिएको वडाध्यक्ष महरा द्वारा हस्ताक्षरित सार्वजनिक सूचनामा उल्लेख गरिएको छ । यस्तै सार्वजनिक ठाउँमा अनावश्यक भिडभाड नगर्न तथा अत्यावश्यक काम बाहेक घरबाहिर न निस्किन सबैमा अनुरोध गरिएको छ ।

ताजा समाचार