दोधारा चाँदनीमा अज्ञात रोगबाट ६ जनाको मृत्यु

कतै कोरोना भाइरसको संक्रमण बढेको त हैन !

दोधारा
‘कोरोना संग मिल्दोजुल्दो लक्षण देखिए पनि प्राथमिक स्वास्थ्य केन्द्र दोधारा पुगेका बिरामीको संक्रमण परीक्षणका लागि स्वाब भने नलिएको स्थानियहरुको गुनासो छ् । कोरोना संग मिल्दोजुल्दो लक्षण देखिएपछि कोरोना परीक्षणका लागि स्वाब संकलन नगरेको भन्दै स्थानियहरुले चिन्ता जताएका छन् । ‘त्यस्तो अवस्थामा कोरोनाको आशंका हुन्छ । स्वाब संकलन गर्नु पर्ने हो’ स्वास्थ्य कार्यालय कञ्चनपुरका कोभिड–१९ फोकल पर्सन सिद्धराज भट्टले भने,–‘शंकाष्पद बिरामी आए स्वाब लिन निर्देशन दिएका छौं।’

माहाकाली नगरपालिकामा अज्ञात रोगको कारण झण्डै एक सातामा ६ जना भन्दा बढीको मृत्यु भएको छ् । १ सय ४ डिग्री भन्दा उच्च ज्वरोको कारण मृत्यु हुनेको संख्यामा बृद्धि हुदै गएको स्थानियहरुले बताएका छन् । कोरोनाको संक्रमण बढेको अवस्थामा उच्च ज्वरोको कारण मृत्यु हुन थालेपछि स्थानियहरुमा कोरोनाको कारण मृत्यु भएको हुनसक्ने बताउदै आएका छन् । प्राथमिक स्वास्थ्य केन्द्र दोधाराका डाक्टर गगन चौधरीका अनुसार केही दिन यता उच्च ज्वरोको कारण मृत्यु हुने क्रम बढेको बताएका छन् । मस्तिष्क ज्वरो (मेनिनजाईटिस) हुनसक्ने भएको डाक्टर चौधरीको भनाई रहेको छ् । यो खतरनाक संक्रामक रोग हो । किनाईसिरिया मेनिनजाईटिस (मेनिनगोकोकल) नामक जीवाणु मानिसको शरिरमा प्रवेश गरेपछि क्षणभरमै मानिसको मृत्यु हने गरेको बताईन्छ् । केही दिन अघि देखी उच्च ज्वरो बढेर प्राथमिक स्वास्थ्य केन्द्रमा बिरामीको आउने संख्यामा बृद्धि भएको प्राथमिक स्वास्थ्य केन्द्र दोधाराको भनाई रहेको छ् । सुरुमा टाउको दुख्ने, ज्वरो आउने, १ सय ४ डिग्री भन्दा बढी ज्वरो आउने समस्याका कारण स्वास्थ्य केन्द्रमा बिरामीहरु आउने गरेको प्राथमिक स्वास्थ्य केन्द्र दोधाराका डाक्टर गगन चौधरीले बताएका छन् ।

प्राथमिक स्वास्थ्य केन्द्र दोधाराका डाक्टर गगन चौधरीको अनुसार मस्तिष्क ज्वरो (मेनिनजाईटिस) ज्वरो हुनसक्ने बताएका छन् । बढी ज्वरो आएकाहरुको जा“चको लागी तयारी सुरु गरेको उनले बताएका छन् । माहाकाली नगरपालिका क्षेत्रमा उच्च ज्वरोको कारण ज्यान थालेपछि स्वास्थ्यकर्मीहरुले सर्तक रहन आग्रह गरेका छन् । स्थानियहरुले मष्तिस्क ज्वरो नभई कोरोना भाइरसको कारण स्थानिहरुको मृत्यु भएको हुन सक्ने एक थरीको ठहर छ् । झण्डै एक सातामा वर्ष १३ का पुजा बोग्टी, वर्ष २१ का प्रेम चन्द, वर्ष ६५ का गम्भिर सिंह भण्डारी, वर्ष १४ का पंकज चन्द, वर्ष ३० का मान बहादुर सुनार, ४० वर्षिय रतन मगर मृत्यु भईसकेको प्राथमिक स्वास्थ्य केन्द्र दोधाराको तथ्यांकमा छ् । यस्तै माहाकाली नगरपालिकामा नाउ नखुलेका २ जना ब्यक्तीको समेत उच्च ज्वरोको कारण मृत्यु भएको बताईएको छ् । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले लकडाउन गरेपनि बैंक, बित्तिय संस्था, बिद्युत्त प्राधिकरण लगाएत स्थानमा भिडभाडकै कारण समुदाय स्तरमा संक्रमण बढेको स्थानियहरुले बताएका छन् ।

उच्च ज्वरो देखिएकाहरुको मृत्यु भएको महाकाली नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख जय बहादुर महराले बताए । ज्वरो आएपछि उपचारका लागी प्राथमिक स्वास्थ्य केन्द्र दोधारा आएका ६ जनालाई अन्यत्र रेफर गरिएको थियो । अन्यत्र अस्पताल रेफर भएका मध्येको मृत्यु भएको स्वास्थ्य शाखा माहाकालीका स्वास्थ्य प्रमुख महराले बताए । कोरोना संग मिल्दोजुल्दो लक्षण देखिए पनि प्राथमिक स्वास्थ्य केन्द्र दोधारा पुगेका बिरामीको संक्रमण परीक्षणका लागि स्वाब भने नलिएको स्थानियहरुको गुनासो छ् । कोरोना संग मिल्दोजुल्दो लक्षण देखिएपछि कोरोना परीक्षणका लागि स्वाब संकलन नगरेको भन्दै स्थानियहरुले चिन्ता जताएका छन् । ‘त्यस्तो अवस्थामा कोरोनाको आशंका हुन्छ । स्वाब संकलन गर्नु पर्ने हो’ स्वास्थ्य कार्यालय कञ्चनपुरका कोभिड–१९ फोकल पर्सन सिद्धराज भट्टले भने,–‘शंकाष्पद बिरामी आए स्वाब लिन निर्देशन दिएका छौं।’ माहाकाली नगरपालिका क्षेत्रमा केही दिन यता उच्च ज्वरोको कारण मृत्यु भईरहेको खबरले स्थानियहरुमा त्रास छाएको छ् ।

ताजा समाचार

This will close in 10 seconds