क्वारेन्टाईन रहेका विद्यालय भवन फोहोरले पशुबाँध्ने गोठजस्तै

कोभिडमा करोडौँ खर्च तर विद्यालयमा सरसफाई समेत गरिएन्

कृष्ण नेपाली / कञ्चनपुर

१ भदौँदेखि सरकारले विद्यालय खोल्ने र भर्ना संचालन गर्ने निर्णय गरेपछि यस अघि क्वारेन्टाईन बनाईएका विद्यालयमा सेनिटाईजर गरिएको छैन्, केही विद्यालयमा गरेपछि सबैमा गरेको छैन् । क्वारेन्टाईन गरिएका विद्यालयमा फर्निचर, बेच्न यत्रतत्र फालिएका छन् । भने फोहोर व्यवस्थापन गरिएको छैन् । क्वारेन्टाईन छाडेका गएका कतिपय विद्यालय भौसी गोठ भन्दा कति पनि फरक छैनन् । सम्बन्धीत पालिकाले वेवास्ता गरेका कारण क्वारेन्टाईन राखिएका विद्यालय निर्मलीकरण गरिएका छैनन् । क्वारेन्टाईन राखिएका विद्यालयले भदौँदेखि कुनैपनि हालतमा विद्यालय संचालन गर्न नसकिने बताएका छन् ।

भीमदत्त नगरपालिका ४ महेन्द्रनगरको बैजनाथ माध्यामिक विद्यालयमा फर्निचर यत्रतत्र फालिएका छन् । फोहोर व्यवस्थापन गरिएको छैन् । मानिस बसेर गएका कक्षाकोठा भौसी गोठ जस्तै भएका छन् । बैजनाथ माविका प्रअ हरिराज विष्टले विद्यालयको भौतिक संरचनामा ठुलो क्षति नगरेपनि साना साना बस्तुमा क्षति पुगेको बताए । ‘क्वारेन्टाईन राख्दा भवनै भत्किएको छैन्, ‘उनले भने, ‘फर्निचर, ढोका, झ्यालका संरचना टुटफुट भएका छन् ।’ कुर्सी लगायतका समाग्री बर्षातमा पनि बाहिरै राख्दा कुहिने एव बिग्रीन लागेको बताउँदै उनले विद्यालय सूर्ति, खैनी गुटका खाएर भित्ता समेत बिगारेका छन् । ‘मैले क्वारेन्टाईन हटाउन नगरपालिकासंग पटक पटक अनुरोध गरेको छु, ‘प्रअ विष्टले भने, ‘तर कसैले सुनेन् ।’ यस्तो बेहाल अवस्थामा तत्तकाल विद्यालय संचालन गर्न नसकिने प्रअ विष्टले स्पष्ट पारे । बेलडाँडी गाउँपालिका १ सिद्धचोकको सिद्धनाथ आधारभूत विद्यालयका प्रअ धनसिह महराले यही अवस्थामा विद्यालय संचालन गर्न नसकिने बताए । ‘केही विद्यालयमा क्वारेन्टाईन हटेको छन, त्यहाँ सेनिटाईजर गरिएको छैन, ‘क्वारेन्टाईन भएका विद्यालयमा उचित सरसफाई छैन् ।’

विद्यालय संचालन गरिहालेपनि समाजिक दुरी शिक्षकले पालना गर्ने र विद्यार्थीले नगर्ने भएकाले पनि सक्र्रमणको खतरा रहेको उनले बताए । ‘गाँउघर समुदायमा विदेशबाट आएका संक्रमित छन, उनीहरुसंगै बालबालिका हुन्छन, ‘विद्यालयमा उच्च स्वास्थ्य सुरक्षा नभए संक्रमण बढ्छ ।’ सरकारले हरेक सामुदायिक विद्यालयमा उच्च सुरक्षा सर्तकताका साथ स्वास्थ्य समाग्री र आलोपालो गरि विद्यालयमा विद्यार्थी उपस्थित गराए विद्यालय सम्भव रहेको बताए । अभिभावक तथा कृष्णपुर नगरपालिका २ उदय माविका अध्यक्ष अर्जुन बहादुर सिहले कोरोना पूर्ण रुपमा नियन्त्रण नभएकाले तत्तकालै विद्यालय संचालन गर्दा आईपर्ने समस्या बारे विश्लेषण गर्नुपर्ने बताए । ‘विदेशबाट आउनेक्रम रोकिएको छैन, ‘उनले भने, ‘क्वारेन्टाईन राखिएका विद्यालयमा निर्मूलीकरण गरिएको छैन्, ‘केहीमा अझै क्वारेन्टाईन नै छन, यस्तो अवस्थामा विद्यालय तत्तकालै खोल्नुपर्ने देखिदैन् ।’ कोरोनाको अवस्था हेरेर खोल्नुपर्ने देखिए सुरक्षाका सबै मापदण्ड अपनाउनुपर्ने उनले सुझाव छ । कुल २ सय ६१ विद्यालय मध्ये कञ्चनपुरमा जेठ अन्तिम सातातिर १ सय ८६ विद्यालयमा क्वारेन्टाईन थिए ।

हाल २५ विद्यालयमा मात्रै क्वारेन्टाईन राखिएका छन् । भारत लगायत तेस्रो मुलुकबाट १२ जेठदेखि असारसम्म ह्वात्तै भित्रिएपछि क्वारेन्टाईन संख्या बढाईएको थियो । भीमदत्त नगरपालिका ४ आईसिएचको छात्राबास, बेदकोट नगरपालिका ९ सुन्दरपुर स्थित कृषि प्रयोगशाला, कृष्णपुर नगरपालिका २ सामुदायिक भवन र बेलौरी नगरपालिकाको नयाँ भवन बाहेक सबै ठाँउमा बनाईएका क्वारेन्टाईन विद्यालयमै थिए । तर अहिले विदेशबाट फर्किनेको सख्या घट्दै गएपछि जिल्लामा २५ विद्यालयमा मात्रै क्वारेन्टाईन राखिएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ । तत्तकाालिन कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रशाद उपाध्यायले बेलौरी नगरपालिका र लालझाडी गाउँपालिकामा क्वारेन्टाईन नरहेको बताए ।

उनका अनुसार कृष्णपुर नगरपालिका ८, भीमदत्त नगरपालिका ७, महाकाली नगरपालिका ४, बेदकोट नगरपालिका ३, शुक्लाफाँटा, बेलौरी र बेलडाँडी गाँउपालिकामा एक एक विद्यालयमा क्वारेन्टाईन रहेका छन् । गौरा, तीज, दशैँ तिहार नजिकिदै जाँदा फेरी विदेशमा भएका नेपाली स्वदेश फर्किदा क्वारेन्टाईन भरिभराउ हुने देखिन्छ । कोरोनाका लागि लाखौँ करोडौँ रकम खर्चिएका स्थानीय तहले विद्यालय निर्मूलिकरण गर्ने तयारी भईरहेको जनाएका छन् ।

ताजा समाचार

This will close in 10 seconds